
अजय सहानी / कपिलवस्तु
यस सिजनको लागी खोलाबाट बालुवा निकासी गर्न अधिकान्स खोलाको ठेक्का भएको छ । यसैक्रममा बाणगङा खोलामा पनि विभिन्न भागको विभिन्न घाटबाट बालुवा निकासीका लागि ठेक्का भएको छ ।
तर बाणगङा खोलाको रामघाटमा , तिलौरिघाट , रुधौला लगायतको घाटमा भने मनमानि शुरु भएको छ । खोलमा रहेको पुललाइ सुरक्षित राख्न पुलको वरिपरि ५०० मिटर सम्म बालुवा निकाल्न प्रतिबन्ध लगाइएको छ । तर यहाँ ५०० मिटर भित्र निषेधित क्षेत्रमा नै जथाभावी बालुवा निकासी भैरहेको छ । जसले गर्दा भबिस्यमा रामघाटमा रहेको तौलिहवा र गोरुसिङ्हे जोडने पुललाइ जोखिम बढेको छ । खोलाबाट १००-१५० मिटरको दुरिमा रहेको कपिलवस्तु संग्रहालयमा प्रहरी बिट समेत रहेको छ । नजिकै प्रहरी बिट भएर पनि खोलामा जथाभावी बालुवा चोरी हुनु शंकास्पद रहेको स्थानीय बताउछन् ।

किसानको खेतको बाली बर्बाद गरि बाटो बनाइएको र फुल लागेको अरहरको खेत बर्बाद भएको दृश्य @रामघाट
यसैगरी बुद्धभुमि नगरपालिका र कपिलवस्तु नगरपालिकाले खोलाको ठेक्का गर्दा निजि जग्गाबाट बालुवा निकासी गर्न ठेक्का नगरेको भएता पनि ठेकदारले मनमानि ढंगले स्थानीय शिवगढ , तिलौरि , डेरवा र औरहिया , मोतिनगर , चेतरादेइ लगायतका गाउँका किसानका खोलाले कटान गरेको निजि जग्गाबाट बालुवा निकालिएको छ । स्थानीयले आफुहरु प्रतेक बर्ष उक्त जग्गाको कर तिरिरहेका छौँ तर पनि ठेकदारले आफुहरुको जग्गाबाट बालुवा निकलदै आएको बताउँछन् । जथाभावी बालुवा निकासी भएको कारण खोला छेउमा रहेको आफुहरुको बाकि खेत समेत कटानको जोखिममा परेको पीडित किसान बताउँछन् ।
![]()
निषेधित क्षेत्रमा खेत कटानबाट जोगाउने बाध र पुललाइ जोखिम हुने गरि नियम बिपरित जेसिबि प्रयोग गरि बाटो निर्माण गरिदै @रामघाट
शिवगढका कोमल यादवले आफुहरुको अधिकान्स खेत खोलामा रहेको बताउँछन् । आफुले त्यस खेतको कर तिर्दै आएको तर पनि उक्त खेत माथी आफ्नो अधिकार नरहेको दुखेसो पोखेका छन् । सरकारले समयमा बाध नबनाएका कारण खोलाले आफ्नो खेत खाएको यादवले बताए ।

खोलाको बगरको केहि खेतमा मुङफलि , तरबुज , हिनमाना र अन्य तरकारी उत्पादन हुने गरेको तर जथाभावी बालुवा निकासी गर्नेले गाडी दौडाउदा आफुहरुलाइ खेति गर्न समेत समस्या हुने गरेको किसानहरु बताउँछन् ।

पुल वरिपरि ५०० मिटर भित्रको निषेधित क्षेत्रमा भएको दोहन @रामघाट
हाल बाणगङा खोलाको अधिकान्स भाग किसानको निजि जग्गामा रहेको छ । समयमा बाध नभएको हुँदा बर्षौ पहिले ति जग्गाहरु कटान भइ खोलामा गएका थिए । तर हाल सम्म उक्त जग्गाको किसानहरुले कुनै मुवाबजा नपाएको बरु प्रतेक बर्ष त्यस जग्गाको कर तिरिरहेका छन् । त्यस माथी किसानका निजि जग्गाबाट ठेकदारले बालुवा निकाली कमाइ रहेका छन् भने पीडित किसान स्वयंम आफ्नो जग्गाबाट बालुवा निकल्न रोयल्टी तिर्नु पर्ने बाध्यता छ ।
![]()
पछिल्लो बर्षको दोहनले बर्बाद भएको किसानको खेत @रामघाट
खोलाको दोहनमा ठुला बडा ब्यक्तिको संरक्षण रहेको एक स्थानीय बताउँछन् । उन्का अनुसार खोलाको ठेक्कामा पुरै गिरोह हुने गरेको र तल देखि माथी सम्मका नेता , कर्मचारी , पत्रकार लगायतको सहयोग भएकैले ठेकदारको मनोमानीले जथाभावी सरकारी मापदण्ड बिपरित खोला दोहन हुने गरेको बताए ।


