कपिलवस्तुमा जनमतको प्रदर्शन ( तस्बीरहरु)

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता
कपिलवस्तु –
सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत कपिलवस्तुको कृष्णनगरमा प्रदर्शन गरेको छ । जनमत पार्टी कपिलवस्तुको नेतृत्वमा आज कृष्णनगर-चन्द्रौटा सड़क खण्डमा प्रदर्शन गरिएको हो ।

sahani furniture udyog

प्रदर्शनकारीरूले किसानको माग पूरा गर, प्रहरी दमन बन्द गर, किसानलाई मलखाद नदिने सरकार मुर्दावादजस्ता नारा लगाएका थिए। किसानलाई सिंचाईको व्यवस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ। सिरहाको औरहीबाट सुरु भएको किसान आन्दोलन आहिले मधेशव्यापी हुँदे गएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.