एमालेबाट निर्वाचित पुर्व प्रधान‌ पचासौं कार्यकर्ता संगै जसपामा प्रवेश

0
Quantam abroad studies

शहबाज खान / कपिलवस्तु
जनता समाजवादी पार्टी नेपाल कृष्णानगर नगरपालिकामा संगठन सुद्धिकरण तथा जनजागरण अभियान अन्तर्गत नगरका वडाहरुमा कार्यक्रम संचालन गरि जसपालाई बलियों बनाउनमा केन्द्रीय तथा प्रदेश स्तरका नेताहरु लागेर अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जसपामा प्रवेश गराउनमा सफलता पाएको जसपाका नेताहरु बताएका छन् ।

कृष्णानगर नगरपालिका वड़ा नं.१० मा जसपाका केन्द्रीय पारिषद सदस्य अकरम पठान, लुम्बिनी प्रदेश सदस्य रामसेवक यादव , कपिलवस्तु जिल्ला समिती कोषाध्यक्ष तथा उपमेयर प्रत्याशी आरती सिंह यादव वडा नं.१ अध्यक्ष बजरंगी तेलीको पहलमा तीन पटक एमाले बाट निर्वाचित पुर्व गाबिस अध्यक्ष (प्रधान) मारुफ हुसेन खां (मनबहाल प्रधान) तथा नेपाली कांग्रेस का सोमइ प्रसाद यादव सहित विभिन्न पार्टी परित्याग गरि पचासौं जना नेताकार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । नव प्रवेशी नेताकार्यकर्ताले आफुहरु पुर्ण इमान्दारी तथा मेहनतका साथ पार्टीमा रही जसपाको लागि दिन रात जनताको बिचमा रहि जनताको सुख दुखमा पुगी जनताको सेवा गर्दै जसपालाई थप बलियों बनाउने संकल्प समेत लिएका छन।

sahani furniture udyog

कार्यक्रममा उपस्थित नेताहरुले पार्टी प्रवेश गरेका नयाँ सदस्यहरुको भव्य स्वागत गर्दै पार्टीका बिचारधारा तथा निती नियम सिद्धान्त बारे जानकारी दिई वडा कमिटी समेत पुनर्गठन गरेको जसपाका नेता बजरंगी तेलीले बताएका छन् । उपस्थित भेलाले वडा अध्यक्षमा मोहम्मद अरबाज अहमद खां , कोषाध्यक्ष सोमई प्रसाद यादव , सचिव दिनानाथ तेली लगायतको २३ सदस्यीय वडा कमिटी पुनर्गठन गरि वडाको जिम्मा दिएको छ।

जनताको बीचमा रही जनताको समस्या बुझी सम्बन्धित निकायहरु संग समवन्य गरि जनताको‌ समस्याको समाधानमा लागेका जसपाका नेता केन्द्रीय पारिषद सदस्य पठानले आउने चुनावमा कृष्णनगर नगरपालिकामा जसपालाई पुर्ण बहुमतका साथ बिजय बनाउनाका लागि जनता संग मतदान गर्नाका लागि आग्रह समेत गरेका थिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.