घोराही कारागारबार फरार कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

0
Quantam abroad studies

जगत ठाडा मगर , बुटवल ,१० माघ
दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कैदी परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले परियारलाई नेपाल–भारतको सिमा क्षेत्र बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–१५ स्थीत जमुनहा नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामार्फत भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

‘कारागारका कैदी उपचारको बहना बनाएर भागेपछि जिल्ला प्रहरी कार्यालयले डिएसपीको कमाण्डमा खोजी तथा अनुसन्धानको कार्य भैरहेको थियो’,प्रहरी उपरीक्षक काफ्लेले भने,‘त्यसैक्रममा प्रहरीले सोमवार नेपालगंजको जमुनहा नाकाबाट हिडडुल गरिरहेको अवस्थामा परियारलाई पक्राउ गरेको हो ।’

sahani furniture udyog

कारागारमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका परियार पुसको ८ गते छालाको उपचार गर्न भनी प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए । तर उनीहरू अस्पताल नगएर घोराहीमा रहेको थकाली भान्सा घर एण्ड लजमा पुगेका थिए । लजमा यौन क्रियाकलापमा संलग्न रहेको बेला प्रहरी जवानलाई कोठामा थुनेर उनी भागेका थिए ।

प्रहरी र कैदीले थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो । कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । कारागारका नाईकेसमेत रहेका परियार भागेपछि अनुसन्धानको लागि कारागारका जेलर युवराज परियारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्य धनबहादुर चौधरी अनुसन्धानका क्रममा कारागारमा रहेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.