

कमलेश चन्द्र गुप्ता
कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न ६ का ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ। वड़ा को आ.ब ०७८/०७९ को स्वकृत कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा भित्र रहेका २ सय ९३ जना जेष्ठ नागरिकहरुलाई कम्बल प्रदान गरी सम्मान गरिएको बताइएको छ ।
वडा कार्यालयको आयोजनामा ७० बर्ष माथि,जेष्ठ नागरिक दलित गरि ३ सय ९३ जेष्ठ नागरिकहरुलाई सम्मान स्वारुप कम्मल बितरण गरि सम्मानित गरिएको वडा अध्यक्ष देवानन्द शुक्लले जानकारी दिनु भयो । ज्येष्ठ नागरिकहरूलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै चिसोबाट जेष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुने भएकोले अति आवश्यक काम बाहेक उनीहरुलाई बाहिर नजान आग्रह गर्नु भयो ।

ज्येष्ठ नागरिकहरूलाई उक्त सामाग्री वितरण गर्दै नगरप्रमुख रजत प्रताप शाहले ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप कम्बल वितरण गरेको बताउनुभयो । जेष्ठ नागरीकहरु सत्मार्गमा अघि बढन प्रेरणा दिने अभिभावकको रुपमा रहेकोले जेष्ठ नागरीकलाई सधै सम्मान गरी हौसला प्रदान गर्नुपर्नेमा बताउनु भयो । जाडोको यो मौसममा वृद्ध वृद्धा जोगिनु पर्ने भएकोले सकेसम्म अनावश्यक रूपमा बाहिर ननिस्कन शाहले आग्रह गर्नुभयो । कम्बल पाएपछि वृद्धवृद्धाहरु खुशी भएका छन् ।


