
कपिलवस्त , माघ १३
कपिलवस्तुमा बढिरहेको शितलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाईमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितीको सहकार्यमा ४०० थान ब्लाङकेट बोकेर कपिलवस्तु प्रहरी २४८ जना अती विपन्न परिवारको साहारा बन्दै बस्तिमा पुगेको छ। माघ महिनामा समेत चिसो कम नभएपछि १२ र १३ गते प्रहरी र प्रशासनका पदाधिकारी न्यानो कम्मल लिएर बस्तिमा पुगेका हुन्।
कपिलवस्तुमा न पा-०२ स्थित तौलेश्वरनाथ महादेवको मन्दिर बाहिरको सार्वजनिक शैचालयमा सोनामति बाँसखोर विगत ४ वर्षदेखि गुजारा गर्दै आउनुभएको छ। ५५ बर्षमा गरिबीसँगै परिवारको साहारा गुमाएकी सोनामतिले सार्वजिनक शौचालय भित्र ओछ्यान लगाएको देख्दा जो कसैको मन अमिलो हुन्छ। चिसो भुईँमा लगाएको विस्ताराले घरिघरि आफैलाई चिसो बिझ्ने उहाँ बताउनुहुन्छ। चिसोमा यस्तै बस्ने बानि परिसक्यो। उहाँ भन्नुहुन्छ।

कपिलवस्तु न.पा ३ तिलौराकोट स्थित बाटै छेउमा टहरामा बिताईरहनुभएका धादिङका ६० वर्षे चन्द्रे तामाङ केहि बर्षदेखि बाटै छेउको फुसले बारेको टहरोमा जीवन गुजारीरहनुभएको छ । उहाँको दैनिक जीवनयापन देखिरहेका कपिलवस्तु वासीले प्रहरी र प्रशासनको यो कामले आम नागरिकको सुरक्षा निकाय र प्रशासन प्रतिको हेराई र प्रशासकको नागरिकलाई हेर्ने दृष्टिकोण समयसँगै बद्लिएको महसुस गरिएको बताए।


