आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न

0
Quantam abroad studies

कृष्णनगर, कपिलवस्तु माघ १४
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिम कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ ।

उक्त समापन कार्यक्रम वडा अध्यक्ष राम मिलन चौधरीको अध्यक्षता अतिथिमा विवेक पौडेल, चतुर्भुज कहार, विकास थारु रहनुभयो।

सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियो।

sahani furniture udyog

१७ जना सहभागी रहेको उक्त तालिममा लक्ष्मी देवी कुवर प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो।

कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो ।
कार्यक्रम संचालन उद्यम विकास सहजकर्ता विनिता केसी ले गर्नुभयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.