
अजय सहानी , कपिलवस्तु
गाइ नेपालको राष्ट्रिय जनावर हुनुका साथै बहुसंख्यक हिन्दु धर्म मान्नेको आस्थाको केन्द्र समेत हुन् । तर बहुसंख्यक हिन्दु भएको नेपाल र राष्ट्रिय जनावरको रुपमा रहेकै देशमा गाइको अपमान भैराखेको छ । गाइको अपमानको कुरा त आफ्नो ठाउँमा छ । तर हाल गाइको जिवन संघर्षको कहानी निकै पिडादाइ छ भने आमाको दर्जा पाएको देशमै आमाबाट छोराछोरी दुखित देखिन्छन् ।

किसानका अन्नबालि खादै छाडा चौपायाको समुह
अहिलेको समयमा मानिस खासै आर्थिक लाभ नहुने मानिस संग त आफ्नो सम्बन्ध तोडछ भने आमाको दर्जा पाएको एक पशु संग के नै सम्बन्ध राख्छन् । गाइ पाल्दा आर्थिक हिसाबले भैसि जतिको फाइदा नभएको बताउदै अधिकान्स किसानले गाइ पाल्न छोडेका छन् । त्यसैले हाल नेपालको बिशेष गरि तराईको भेगमा छाडा चौपायाको चाप बढदै गएको छ । उक्त छाडा चौपायामा अधिकान्स गाइ गोरु नै रहेका छन् ।
![]()
चिसोका कारण आगो तापदै छाडा बाछो

ति छाडा चौपाया जताततै बाटो बसि मानिसको आवतजावतलाइ असहज र जोखिम पुर्ण बनाएका छन् । छाडा चौपाया कै कारण कति दुर्घटना भाइ मानवीय क्षेति सहित गाइ गोरु समेत मरेका छन् । तिनै तहका सरकार , प्रशासन कसैले यस गम्भीर समस्या बारे कुनै ध्यान नदिदा दिनहु छाडा चौपाया समस्या बढदै गइरहेको छ ।

उपचारको अभावमा मृत्यु भएको एक छाडा गाइ
दिन्हु छाडा चौपायाले किसानको अन्नबालि खाइ दिदा किसान समेत पीडित बनेका छन् । किसानहरुलाइ भएको अन्नबालि छाडा चौपायाबाट जोगाउन रात दिन खेताको निगरानीमा खटना परेको छ । किसानको नाममा राजनीति गर्ने कुनै पार्टी , नेता कार्यकर्ता , संघ सस्था लगायत सबै छाडा चौपाया विषयमा मौन देखिन्छन् ।
![]()
दुर्घटनामा मृत्यु भएको गोरु


