
कपिलवस्तु , फाल्गुन २
यशोधरा गाउँपालिकाको कार्यालयले आमजनताको लागी एम्बुलेन्स संचालन गरेको सर्बबिदितै छ ।
तर हालै त्यहीँ एम्बुलेन्स चालकका कारण पालिकाकै कार्यबिदिको उलंघन भएको पाइएको छ । यशोधरा गाउँपालिकाको वडा नं• १ को तितिर्खा निवासी श्याम कुमार बिश्वकर्मा कि श्रीमातीलाइ माघ २९ गते सुत्केरी गराउन जिल्ला अस्पताल तौलिहवा लैजानु पर्ने भयो । त्यस पश्चात उहाँले गाउँपालिका बाट संचालित एम्बुलेन्सलाइ फोन गरि बोलाउनु भयो । एम्बुलेन्सले बिश्वकर्माको श्रीमतीलाइ तत्कालै तौलिहवा स्थित जिल्ला अस्पताल पुर्यायो ।
त्यस पश्चात एम्बुलेन्सका चालक प्रदीप यादवले बिश्वकर्मा कि श्रीमतीलाइ अस्पताल पुर्याए बाफत एम्बुलेन्सको भाडा माग्दै रु नौ सयको बिल दिएका थिए । बिल लिदै बिश्वकर्माले गाउँपालिका भित्रका सुत्केरी गराउन जिल्लाको कुनै अस्पतालमा लैजान पैसा नलाग्ने कुरा चालकलाइ स्मरण गराएको बताउँछन् । त्यस पछि समान्य भनसुन पछि बिश्वकर्माले नौ सय रुपैयाँ चालक यादवलाइ बुझाएका थिए ।
यसैगरी गरि गाउँपालिकाको एम्बुलेन्स संचालन कार्यबिधि २०७६ मा ब्यवस्था भएको अनुसूची १ को निर्देशिकाको दफा ५ अनुसार गाउँक्षेत्र भित्रका सुत्केरी / गर्भवती महिललाइ जिल्लाको कुनै बर्थिङ सेन्टर वा अस्पताल लैजादा कुनै किसिमको भाडा नलाग्ने प्रष्ट संग उल्लेख गरिएको छ ।
कार्यबिधि अनुसार एम्बुलेन्स सेवा शुल्कको दररेट १० किमि भित्र जम्मा ५०० लिन सक्ने ब्यवस्था रहेको तर बिश्वकर्माको गाउँबाट तौलिहवा स्थित जिल्ला अस्पताल जम्मा ७ किमि छ्दा पनि चालकले मनमानि ढंगले नौ सय असुल गरेका छन् ।

यसै विषयमा एम्बुलेन्स संचालक समितीका अध्यक्ष दिपेन्द्र पाठकलाइ बिश्वकर्माले फोन गर्दै गुनासो गर्दा पाठकले आफुलाइ यस विषयमा केहि थाहा नभएको बताउदै गैरजिम्मेवारी पुर्ण जवाफ दिएको आरोप समेत बिश्वकर्माले लगाएका छन् । यस विषयमा प्रतिक्रिया लिन यशोधरा गाउँपालिकाको प्रसाशकिय अधिकृत तेज बहादुर सिंहलाइ फोन गर्दा उहाँको फोन उठेन पछि सम्पर्क समेत हुन सकेन ।
यसरी कार्यबिधि मिचदै मनमानि ढंगले असुली धन्दा गर्दा पालिका समेत बदनाम हुने र सेवाग्राहिले समेत दुख पाउने गरेकाले आफु फाल्गुन १ गते लिखित रुपमा पालिकामा निवेदन दिदै आफ्नो पैसा फिर्ता र चालकलाइ कारबाही गर्न माग गरेका बिश्वकर्मा बताउँछन् । बिश्वकर्मा अनुसार नौ सय रुपैया को कुरा आफ्नो ठाउँमा छ , तर सत्ताले दिएक सुबिधाको लाभ आमजनताले उठाउन नपाए यस्ता कार्यबिधि किन चाहियो भनी प्रश्न गर्छन् । उहाँ जस्तै धेरै संग अबैधानिक रुपमा रकम असुली गरेको गुनासो बढदै गएको छ ।


