गौशाला निर्माणको कार्य सराहनीय , सहयोग जुटाउन मद्दत गर्ने : वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषाद

0
Quantam abroad studies

कपिलवस्तु , फागुन १४
कपिलवस्तु जिल्ला भित्र रहेर हिन्दु युवा शक्ति कपिलवस्तुले गाैशाला निर्माण जस्तो महान कार्य गरिएको नेपाल विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषादले बताउनु भएको छ ।

हिन्दु युवा शक्ति कपिलवस्तुको अगुवाइमा बुद्धभुमि नगरपालिका वडा नं ७ भित्र निर्माण भइरहेको गाैशालाकाे अनुगमन कै लागी बिशेष रुपमा काठमाडौंबाट नेपाल विश्व हिन्दु महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषाद कपिलवस्तु आउनु भएको थियो । उहाँले कपिलवस्तुका हिन्दु धर्मका अभियन्ता संग भेटघाट छलफल गर्दै गौशालाको अनुगमन गर्नु भएको थियो ।

उहाँले सम्पुर्ण हिन्दू संगठनहरू मिलेर गाैशाला निर्माण जस्तो महान कार्य गरिरहेकाे कार्य सराहनीय रहेको बताउदै सम्पुर्ण सहयोगीलाइ धन्यवाद व्यक्त गरेका थिए । यस गाैशाला निर्माणकाे लागि उहाँले केन्द्रीय वरिष्ठ उपाध्यक्षकाे हैसियतले स्थानीय , प्रदेश र केन्द्र तिनै तहका सरकार संग सहयोगको लागी पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उहाँले गाैशाला निर्माणकाे लागि बुद्धभुमि नगरपालिका वडा नं ७ वडा कार्यालयबाट सिफारिस नदिएको कुरा सुन्दा दुख लागेको बताउदै गौशाला निर्माणको विरुद्ध लाग्ने सम्पुर्ण बिधर्मि तत्वलाइ पहिचान गरि निरस्त पार्ने चेतावनी समेत दिनु भएको छ । चाडैं नै गौशाला निर्माणका लागी आर्थिक सहयोग जुटाउन आफुले केन्द्रिय तहमा राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंगठन संग समेत समन्वय गर्ने निषादले बताउनु भयो ।

sahani furniture udyog

यसैगरी हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष फागुराम पाण्डेयले वडा कार्यालयमा सिफारिस लिन जादा वडा अध्यक्षले सिफारिश दिन आनाकानी गरेको बताउनु भएको छ । उहाँले सम्पुर्ण कागजी प्रक्रिया पुरा गर्दा पनि आनाकानी गरिरहेका वडा अध्यक्ष संग एक पटक पुन अनुरोध गर्ने र सिफारिस नदिएको खण्डमा सम्पुर्ण हिन्दुवादी संघसंगठन मिलेर आन्दोलन गर्ने समेत बताउनु भएको छ । पाण्डेले हिन्दु समाज एक नहुनु र नेपालमा हिन्दु बिरोधि राजनीति बढदै जानु हिन्दु समाजको पतन गराउने भनी समाजलाई एक ढिक्का हुन आग्रह गरेका छन् ।

अनुगमन कार्यक्रममा नेपाल विश्व हिन्दु महासंघक केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम संगठन बिभाग प्रमुख श्री बिजय प्रकाश निषाद , नेपाल बिश्व हिन्दु महासंघ लुम्बिनि प्रदेस अध्यक्ष श्री निरन्जन यादव , कोषाध्यक्ष श्रीमती द्रौपदा बुढाथोकी , सदस्य श्री डा. राजेश यादव , सदस्य श्री सुक्देव प्रसाद यादव , जिल्ला अध्यक्ष उदयभान यादव लगायत प्रदेस तथा जिल्ला नगरका पदाधिकारी , महाकाल समाजिक संस्था कपिलवस्तुका अध्यक्ष धर्मराज विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.