नेपाल उत्पीडित जातीय मुक्ति समाज महाराजगन्जकाे अध्यक्षमा : पंचराम चमार

0
Quantam abroad studies

धनी राम काेरी , फागुन २०
नेकपा एमाले पार्टीको भातृ संगठन नेपाल उत्पीडित मुक्ति समाज महाराजगन्ज काे प्रथम नगर अधिवेशनबाट महाराजगन्जका चर्चित युवा नेता पंचराम चमार नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ ।

नेकपा एमाले महाराजगन्ज नगर कमिटीकाे कार्यालयमा नेपाल उत्पीडित जातीय मुक्ति समाज महाराजगन्ज काे प्रथम अधिवेशन बाट उपाध्यक्ष हरि नारायण प्रसाद हरिजन , सचिव कृष्ण चन्द पासी , काेषाध्यक्ष राम सवारे काेरी लगायत १७ सदस्यीय कमिटी गठन भएको हाे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज महाराजगन्ज नगर कमिटी सदस्यहरु सन्त प्रसाद पासी , राम नन्द काेरी , राम शंकर पासी , भाेला काेरी , राम जीवन पासवान , राम छविले पासी , सुरसती काेरी , सुकदेव पासी , विक्रम रैदास , शिव प्रसाद काेरी , राम किशन काेरी र इनरमति रैदास रहेको महाराजगन्ज नेकपा एमालेले जनाएको छ ।

sahani furniture udyog

नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश सदस्य सुर्यमन पासवान काे अध्यक्षता , प्रमुख अतिथि नेकपा एमाले पार्टी कपिलवस्तु का सचिव एवम् नेपाल उत्पीडित जातीय समाज मुक्ति काे केन्द्रीय सचिवालय सदस्य सि. वी . गाहतराज , जिल्ला कार्यसमिति सदस्य राम प्रघट काेरी , महाराजगन्ज नगर इन्चार्ज मबुद खां र सह-इन्चार्ज शिवराम खड्का लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.