
अभिषेक यादव, कपिलवस्तु
महराजगजं नगरपालिका वडा नं• ९ शिवभारी मा.वि. राखिएको नि:शुल्क स्वास्थ शिविर समपन्न भएको छ ।
INF NEPAL तथा हरियो खर्क अस्पताल पोखराको सहयोग र कपिलवस्तु स्वास्थ कार्यलयको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय ५४ जनाले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालक समितिले जानकारी गराएका छन् ।

उक्त शिविरमा निशुल्क छाला एवम् कुष्ठ रोग विरामीहरू चेक जाच भएको थियो । शिविरमा ३ सय ५४ मध्ये ४ जनामा कुष्ठ रोग समेत पुष्टि भएको जानकारी स्वास्थ्यकर्मी महेश कुर्मीले बताउनु भएको छ ।

