केदार हेल्पिङ हेण्ड फाउन्डेसनद्वारा मा. वी स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
जिल्लाकाे केदार हेल्पिङ हेण्ड फाउन्डेसनद्वारा माध्यमिक विद्यालयहरुकाे वतृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

केदारस्यू गाउँपालीकाकाे गर्जेपानी माध्यामिक विद्यालयकाे प्राङ्गणमा भएको कार्यक्रममा धेरै विद्यालय बाट विद्यार्थीहरुले भाग लिनु भएको थियाे । विभिन्न स्थानबाट सहयाेग सहित फाउन्डेसनले कार्यक्रमकाे आयाेजना गरेको दिपेन्द्र भण्डारीले बताए । विभिन्न विद्यालयहरु विच प्रतिस्पर्धा गराएको कार्यक्रममा प्रथम गर्जेपानी माध्यामिक विद्यालयका छात्रा बसन्ती खाती,दितृय भैरव माध्यामिक विद्यालयका छात्र सन्जय अाेली ,तृतीय कैलाश माध्यामिक विद्यालयका शृर्जना जाेशी सान्त्वना भैरव माध्यामिक विद्यालयका सविना धामी हुनु भएको थियाे ।

विभिन्न विद्यालय विच भएको वतृत्वकलामा फाउन्डेसनका अध्यक्ष मुकेश खातीकाे अध्यक्ष तामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य पदम धामी बिशिस्ट अतिथि केदारस्यू गाउँपालीका उपाध्यक्ष निशा धामी रहनु भएको थियाे भने कार्यक्रम सञ्चालन पुरन मल्लले गर्नु भएको हाे । कार्यक्रममा निर्णायककाे भुमिका सुरेन्द्र खाती शैलेसले गर्नुका साथै कार्यक्रमलाई सहप्रायाेजक शँकर भण्डारी वडा नम्बर ९ का अध्यक्ष अहेन्द्र शाही फाउन्डेसनका पदाधिकारी उज्ज्वल बिष्ट ललित गुरुधामी लगाएत हजाराैँ जनसमुदायकाे उपस्थिति रहेकाे थियाे ।

sahani furniture udyog

कार्यक्रम निकै प्रभावकारी भएको समितिका उज्ज्वल बिष्टले बताए उहाले भने, आगामी दिनमा हाम्रो फाउन्डेसनले विभिन्न कार्यक्रम गर्ने जनाए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.