
कपिलवस्तु , फाल्गुन २४
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ शुद्धोधन गाउँपालिका कमिटी गठन भएको छ । गाउँपालिका कमिटीको पहिलो भेलाले निसार अहमद खाँको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।
नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको गाउँपालिका कमिटीको उपाध्यक्षमा रामचन्द्र गुप्ता , सचिवमा नियाज अहमद मुसलमान , उपसचिवमा रंगीलाल धोवी, सेषमन कोरी , कोषाध्यक्षमा ईसहाक मुसलमान , सह कोषाध्यक्षमा रामचरण कोहार लगायत अन्य सदस्यमा चयन भएका छन् ।
नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शुद्धोधन गाउँपालिका कमिटी अध्यक्ष राम बेलास चौधरीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । गाउँपालिका कमिटी अध्यक्ष चौधरीले नेकपा एमालेमा आवद्ध सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई समेट्दै नवगठित नगर कमिटि अगाडि बढ्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी प्रमुख अतिथि एमाले नेता तथा कपिलवस्तुको क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव विनोदकुमार चौधरीले एमालेमा आवद्ध सम्पुर्ण व्यवसायीहरुलाई व्यवसाय मार्फत आर्थिक स्तर उकास्न र राज्यलाई कर तिर्न आग्रह गर्नुभयो । यस कार्यक्रमका बोल्दै चौधरीले व्यवसायीहरुको आर्थिक समृद्धि भएमा मात्र समृद्ध नेपालको नारा पुरा हुने बताउनुभयो ।

