सरकारले गाउँमा रहेका खेलाडीको प्रतिभा पहिचान गर्न र अवसर प्रदान गर्न नसक्नु दु:खद : खान

0
Quantam abroad studies

कपिलवस्तु , फाल्गुन २४
जिल्लाको बुद्धभुमि नगरपालिकाको वडा नम्बर १० धनकौलिमा जिल्ला स्तरीय T-20 क्रिक्रेट प्रतियोगिता शुरु भएको छ ।

जनशक्ति युवा क्लब धनकौलि द्वारा आयोजना गरिएको क्रिकेट प्रतियोगिताको एक कार्यक्रम आयोजना गरि बिधिवत उद्घाटन गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इशरार खान (मोटे ) प्रमुख अतिथि हुनु हुन्थ्यो । यस्तै बिशिस्ट अतिथिमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य रुद्र लाल बन्जाडे रहनु भएको थियो । कार्यक्रममा अतिथिको रुपमा कलामुदिन फकिर , ओमप्रकाश पासि , उजागिर चौधरी लगायत रहनु भएको थियो । उक्त क्रिकेट प्रतियोगितालाइ आयोजना गर्न नेकपा माओवादी केन्द्रको वडा कमिटीले सहयोग गरिरहेको छ ।

कार्यक्रमको अध्यक्षता युवा क्लबका अध्यक्ष बृजेश कुर्मीले गर्नु भएको थियो । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख र बिशिस्ट अतिथिले रिबन काटेर गर्नु भएको छ । कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि रुद्र लाल बन्जाडेले बिस्तारै खेल जगत पनि ब्यवसायिक भैसकेको र युवाले प्रयास गरे खेलबाटै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्दै राम्रो आर्थिक आम्दानी समेत गर्न सक्ने बताउनु भयो । खेलको माध्यमबाट धेरै नेपाली युवाले अन्तर्राष्ट्रिय स्तरमा देशको मानसम्मान बढाएकोले नयाँ पिढि खेलमा आफ्नो पहिचान स्थापित गर्न चाहे प्रसस्त अवसर रहेको समेत बनजाडेले बताउनु भएको छ ।

sahani furniture udyog

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि इशरार खान ( मोटे ) ले खेलकुद मानव जिवनको एक अभिन्न अंगको रुपमा रहेको बताउनु भएको छ । उहाँले नेपालका गाउँहरुमा क्रिकेट , फुटबल लगायतका खेलहरुमा राम्रो प्रतिभा रहेका युवाहरु भएको तर सरकारले उक्त प्रतिभालाइ पहिचान गर्न नसक्नु र अवसार प्रदान गर्न नसक्नु दु:खद पक्ष रहेको बताउनु भएको छ । उहाँले अब सबैजना मिलि खेलकुद राम्रो प्रतिभा भएका युवाहरूलाइ अगाडी बढाउदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सहकार्य गरि अघि बढनुको बिक्लप नरहेको समेत बताउनु भएको छ ।

कार्यक्रमका अध्यक्षता गरिरहेका जनशक्ति युवा क्लबका अध्यक्ष बृजेश चौधरीले यस क्रिकेट प्रतियोगिताले युवाहरूमा आपसी सम्बन्ध झन बलियो हुने र प्रतियोगिताकै मार्फत युवाले आफ्नो प्रतिभा देखाउने मौका पाउने बिश्वाश व्यक्त गर्नु भएको छ । उक्त क्रिकेट प्रतियोगिता फाल्गुन २४ देखि फाल्गुन २८ गतेसम्म चल्ने अध्यक्ष कुर्मिले जानकारी गराउनु भएको थियोे ।

कार्यक्रमको संचालन माओवादी केन्द्रका युवा नेता राबेन्द्र कुमार ठाकुर ( रबि ) ले गर्नु भएको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.