कृष्णनगरमा किसानको खेत खनि बिना स्टीमेट सड़क बनाउदै वडा अध्यक्ष खाँ

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु
स्थानीय चुनाव नजिकदै गर्दा कृष्णनगर नगरपालिका १० का वडा अध्यक्ष अब्दुल मोबिन खाँ हतार- हतारमा नियम मिच्दै सड़क निर्माण कार्यमा लागेकाे पाइएको छ। वडा अध्यक्ष तथा वडा सदस्य मुर्तुजाले आफ्नै उपस्थितिमा सडकको दुबै किनारमा किसानहरुको खेतबाट मनपरि ढंगले माटो खनन् गरि सड़क निर्माण गरिरहेका छन्।

किसानहरुलाई जानकारी नगराई मनमानी तरिकाले माटो खनन् हुँदा आउने वर्षाको समयमा किसानको खेत कटान हुने र खेती गर्नका लागि असजिलो हुने स्थानीय किसानले बताएका छन्।

वडा अध्यक्ष खाँको भनाइ अनुसार सडक निर्माण कार्यकाे समय कम भएकाेले निर्माण कार्य सुरु गरिएकाे र स्टीमेट कार्य सम्पन्न भएपछि तैयार गर्ने बताए । सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष खैराका नईम खाँ रहेको उनले बताएका छन् ।

sahani furniture udyog

तर यता नईम खाँ अनुसार आफु उक्त सड़क निर्माण समितिको उपभोक्ता समिति अध्यक्ष नरहेको बताउ छन् । उनले आफुलाई उक्त सड़क निर्माण बारे कुनै जानकारीसमेत नरहेको बताएका छन् ।

१० नं• वडा कार्यलयको प्राविधिक रमेश ओलीले सडकको स्टीमेट नभएको बताउँदै साे सड़क निर्माणबारे आफुलाई कुनै जानकारी नरहेको बताएका छन् ।

झिँगहादेखि मैनारी गाउँलाई जोड्ने सडकको मोडदेखि दक्षिणतर्फ बकौली जाने बाटो‌ निर्माणकाे कार्यमा वडा अध्यक्ष तथा वडा सदस्यको उपस्थितिमै नियम विपरीत तथा किसानको ठुलै क्षति हुने गरि सड़क निर्माणप्रति किसानहरुले गुनासाे गरेका छन् । तुरुन्त खल्टो पटानकाे मागसमेत स्थानीय किसानहरुले गरेका छन्।

यसरी मनमानी ढंगले बाटो निर्माणका लागी खनिएको नालीले किसानलाइ खेतमा आवतजावत गर्न समस्या पर्नेछ । खाल्डो गहिरो भएकोले पशुचौपाया र बर्खामा बालबालिकालाइ उच्च जोखिम समेत हुने देखिन्छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.