अलिशा सप्लायर्सबाट निर्माण गरिएको कृष्णनगरमा बसपार्क सांसद शाह द्वारा उद्घाटन

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु
कृष्णनगर नगरपालिका तथा विजयनगर गाउँपालिका भित्र रहेको‌ सबै भन्दा पुरानो तथा ठुलो बाजारको रुपमा चर्चित कृष्णनगरमा सोमवारका दिन बसपार्कको उद्घाटन भएको छ।

यो क्षेत्रका पुरानो ठुलो चर्चित तथा भारतीय रेलमार्ग नजिक रहेको कृष्णानगर बाजारमा बसपार्क नहुदा बस व्यवसायीका बसहरु सडकमा पार्किंग हुँदै आएकोले निकै समस्या भइ रहेको थियो। सो समस्या समाधान गर्न अलिसा सप्लायर्सले खाद्य संस्थानको नाउमा रहेको १ बिग्घा ७ कट्ठा ३ धुर जग्गा लिजमा लिई ३० लाख रुपयाको लागतमा अर्को‌ व्यवस्था नहुन्जेल सम्माको लागि बसपार्क निर्माण गरि क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह बाट फिता कटाई उद्घाटन गरिएको बसपार्क व्यवस्थापन समितीका अध्यक्ष नसरुल्लाह खांले बताएका छन्।

कृष्णनगरमा बसपार्कको व्यवस्थापन भई आज फिता काटी उद्घाटन गर्न पाउद आफु निकै खुशी भको प्रतिनिधि सभा सदस्य शाहले बताउनु भयो । यो बसपार्कले कृष्णनगरको मुहान फेर्दै सयौ वेरोजगारहरुले रोजगार पाउने सम्भावना बढेको बताउदै बसपार्कलाई थप व्यवस्थापनको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत शाहले गरेका छन् ।

sahani furniture udyog

उद्घाटन कार्यक्रममा कृष्णानगर नगरप्रमुख रजत प्रताप शाहले बसपार्कमलाई थप व्यवस्थित बनाउनको लागि आफु पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो क्षेत्रका जनता लामो समय देखि कृष्णनगरमा बसपार्कको माग गरि रहेको हुँदा आज जनताको मागं पुरा भएको छ । कृष्णानगरलाई सुन्दर बनाउन लागेका छु । हामी जनप्रतिनिधिहरुले बनाउछु तर सहयोग सबैको चाहिन्छ र बाजार भित्राको सड़क निर्माण कार्य तिब्र गतिमा भइरहेको समेत नगरप्रमुख शाहले बताएका छन् ।

बसपार्क निर्माण कार्यमा कृष्णानगर यातायात प्रा.लिका अध्यक्ष जावेद आलम खां, पश्चिम नेपाल बस व्यवसायी संघ, नमस्ते राप्ती यातायात प्रा.लि का अध्यक्ष शासित खां बसपार्क व्यवस्थापनका किफायतुल्लाह खांको अहमभुमिका रहेको बसपार्क व्यवस्थापन समितीका अध्यक्ष नसरुल्लाह खांले बताएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मौलाना मशहुद खां नेपाली, वडा नं.२ अध्यक्ष संजय गुप्ता, लायन्स क्लबका दिनेश चन्द्र गुप्ता, ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेल, सशस्त्र प्रहरी बल कृष्णानगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य, कृष्णानगर यातायात प्रा.लिका अध्यक्ष जावेद आलम खां, पश्चिम नेपाल बस व्यवसायी संघ अध्यक्ष दधिराम खनाल, नमस्ते राप्ती यातायात प्रा.लि का अध्यक्ष शाहिद खां, पश्चिम नेपाल बस व्यवसाय प्रा.लि.कोषाध्यक्ष मोहन पिए लगायत संघ संस्थाका पदाधिकारी शिक्षाप्रेमी भद्रभलादमीहरुको उपस्थिती थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.