वडा अध्यक्ष बिष्टले तलब भत्ता बाफतकाे १५ लाख रकम सत्यवादी विद्यालयलाई हस्तान्तरण

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दलबहादुर बिष्ट कृष्णले सत्यवादी माध्यमिक विद्यालयलाई १५ लाख सहयाेग गरेका छन ।

सत्यवादी माध्यामिक विद्यालयलाई आफुले जनप्रतिनिधि भए पछि आफुले पाउने तलव भत्ता विद्यालयलाई सहयाेग गर्ने बताएका थिए । बिष्टले केही समय अगाडि विद्यालय लाई सहयाेग गर्ने बाचा दिनु भएको थियाे । विद्यालयलाई बाचा अनुसारको कुरा पूरा गरेकाे अध्यक्ष बिष्टकाे भनाइ छ ।

अध्यक्ष बिष्ट नेपाली काङ्ग्रेसबाट बिजयी हुनु भएको थियाे । जयपृथ्वी नगरपालिकामा विजयी जनप्रतिनिधि दल बहादुर बिष्टले आफुले पाएकाे पारिश्रमिक तलव भत्ता बाफतकाे सबै रकम कृष्ण पुष्पा फाउन्डेसन मार्फत पन्ध लाख सहयाेग गर्नु भएको हाे । आज विद्यालयमा आयाेजना गरिएको एक कार्यक्रमका विच अध्यक्ष बिष्टले रुदै आँसु झार्दै भन्नू भयाे,मैले विद्यालय र गरिव दिनदुखी विद्यार्थीहरुलाई सहयाेग गर्ने बाचा दिदै आगामी दिनमा सदैव सहयाेग गर्ने बताउनु भएको थियाे ।

sahani furniture udyog

बिष्टले जनप्रतिनिधि भए पछि सबै सेवासुविधा बाफतकाे रकम विद्यालयमा चेक मार्फत हस्तान्तरण गर्नु भएको हाे । उहाँले भन्नू भयाे मैले धेरै दुख पाएकाे हुँ भाइ बिना हाे । म गरिवकाे दुख सुखमा साथ दिने मान्छे भन्दै आगामी दिनमा पनि जनप्रतिनिधि हुदा हाेस या नहुदा सधै सहयाेग गरिरहने बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्व सभापति पृथ्वी बहादुर सिह प्रमुख अतिथि नेता चेतराज वजाल बिशिस्ट अतिथि नेता रमेश भण्डारी लगाएत बिष्टका धर्म पत्नी पुष्पा बिष्ट सहित पत्रकार जनप्रतिनिधि शिक्षक बिध्यार्थी सबैको उपस्थिति रहेकाे थियाे ।

उनले ५ बर्षमा पाएकाे पारिश्रमिक बाफतकाे रकम हस्तान्तरण गरेपछि सबै रकम बाट आउने ब्याजकाे बार्षिक आउने व्याज बाफतकाे रकम गरिव छात्र छात्रालाई दिईने र अमेरिकामा बस्ने छाेरा भुवन बिष्टले पनि विद्यार्थीलाई छात्रवृत्ति बाफत एक ल्यापटप पनि हस्तान्तरण गरिने अध्यक्ष बिष्टले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.