LIC नेपाल द्वारा रु ५३लाख रकमकाे मृत्युदाबीकाे चेक हस्तान्तरण ।

0
Quantam abroad studies


१० चैत
एल आई सी नेपाल धनगढी शाखा द्वारा रु ५२लाख ८० हजार रकमकाे मृत्युदाबीकाे चेकबिमा दाबी कर्तालाई हस्तान्तरण गरेको छ ।धनगढी शाखाबाट बिमा गराएका प्रकाश बहादुर शाहको कोरोना महामारीको कारण मृत्यु पश्चात् उहाँको पत्नी ज्ञानु चन्द शाहलाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्टद्वारा एक कार्यक्रम बीच मृत्यु दाबीकाे चेक हस्तान्तरण गरिएकाे छ। कार्यक्रममा निज बिमीतका श्रीमती ज्ञानु शाह चन्दले एल आई सी नेपालले उपलब्ध गराएकाे रकमले दैनीकी सन्चालनका साथै आफ्ना बाल बच्चाकाे अध्ययनका लागि ठुलाे राहत पुर्याउने कुरा ब्यक्त गर्नु भयाे । शाखा प्रबन्धक भट्टले कार्यक्रममा बोल्दै मृत्यु आफैमा दुखद कुरा बताउदै मानबिय क्षतिकाे कहिले पुर्ति नहुने तर बीमा रकमले घरकाे मुख्य आम्दानी गर्ने ब्यक्तिकाे अभाबमा परिवारका लागि ठुलाे अभिभावकिय भुमिका निर्वाह गर्न सक्ने र कतिपय अबस्थामा हाम्राे देशकाे सन्दर्भमा घरमा आम्दानी सृजना गर्ने ब्यक्तिकाे मृत्यु हुँदा परिवारका ब्यक्ति राेडमा आउने अवस्था बिधमान रहेकाे बताउदै परिवार लाई आफु नहुँदा पनि आर्थिक सुरक्षा प्रदान गर्नका लागि सबैले आफ्नाे क्षमता अनुसार अनिवार्य बीमा गर्नु पर्ने र बीमा सचेतनाका लागि सराेकार बाला निकाय र आम जन समुदाय स्वयम् सचेत हुनु पर्ने बिचार ब्यक्त गर्नु भयाे ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.