FB- IMNCI कार्यक्रम सम्वन्धि स्वास्थ्यकर्मीहरुलाई तालिम

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
जिल्ला अस्पतालकाे सभाहलमा FB- IMNCI सम्वन्धि स्वास्थ्यकर्मीहरुलाई ३ दिने तालिम सञ्चालन भएको छ ।

आज स्वास्थ्य कार्यालय बझाङकाे आयाेजनामा जयपृथ्वी नगरपालिका र हस्पिटलमा रहेका स्वास्थ्यकर्मीहरुलाई ३ दिने तालिम सञ्चालन गरिएको हाे ।

sahani furniture udyog

यस तालिमको मुख्य उदेश्य भनेकाे ५ बर्ष मुनिका बालबालिकामा हुने स्वास्थ्य समस्याहरुलाई स्वास्थ्य सँस्था स्तरमा कसरी निदान तथा व्यावस्थापन गर्न सकिन्छ भन्ने रहेकाे थियाे । यसरी स्वास्थ्यकर्मीहरुलाई तालिमकाे व्यावस्था हुदा दक्ष हुनुकाे साथै देखिन आएका समस्याहरुकाे समाधान सजिलै गर्न सकिने छ । कार्यक्रममा प्रमुख अतिथि डाक्टर नवराज जाेशीले भन्नू भयाे,सबै स्वास्थ्यकर्मीहरुले तालिममा राम्रोसँग बुझेर जान र विभिन्न केशलाई सहनै सल्भ गर्न अनुराेध गर्नुकाे साथै विरामीकाे अवस्था हेरेर रिफर गर्न र आफुले भ्याए सम्म सेवा दिन लाग्नु पर्ने बताउनु भयाे ।

अस्पतालकाे सभाहलमा सुरु भएको कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि डाक्टर नवराज जाेशी रहनु भएको थियाे । कार्यक्रम हेल्थअसिष्टेण्ड दिपक ऐडीले गरेका जनस्वास्थ्य निरिक्षक सुरेश रावलले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.