भारतको उदयपुरमा भएको घटनाको मुस्लिम उलेमाहरुद्वारा भत्सर्ना

0
Quantam abroad studies

एजेन्सी – राजस्थानको उदयपुरमा भाजपा पार्टीका प्रवक्ता नुपुर शर्माले दिएको बयानको समर्थनमा पोस्ट गरेको भन्दै युवकको हत्या गरेको घटनाको सबै तिर आलोचना हुन थालेको छ ।

भारतमा रहेका मुस्लिम उलेमाहरुले समेत उक्त घटनाको कडा भत्सर्ना गर्दै यस घटनाले मानवता शर्मसार भएको बताएका छ्न । दरगाह आला हजरत सगं जुडेका संगठन तन्जिम उलेमा – ए – इस्लाम का राष्ट्रिय महासचिव मौलाना शहाबुदिन रजबिले भन्नू भयो पैगम्बर -ए – इस्लामका शानमा गरेका गल्तीले यस्ता घटनाबाट मुस्लिमहरुको मनमा दु:ख पुगेको छ । तर उदयपुरको घटनाले भारतका मुस्लिम समुदायको सिर निहुरिएको छ ।

sahani furniture udyog

उदयपुर जस्ता घटना गर्ने ब्याक्ती सहि ईस्लाम मानने वाला हुन नसक्ने समेत उलेमाहरुले बताएका छन् । यस्ता मान्छेहरु भारतमा रहेका मुस्लिम समुदायका शुभचिन्तक हुन सक्दैनन् । अहिले समाजिक सन्जालमा जुन भिडियो भाइरल बनेको छ त्यसको भासा सुनेर अन्दाजा लगाउन सकिन्छ कि ई ब्याक्तीहरुलाई इस्लामको ईल्मका अलिकति पनि ज्ञान् छैन ।

यस्ता ब्याक्ती समुहले अमन र शान्ति भगं गर्न खोजेको बताउदै उलेमाहरुले यसको अनिवार्य जांच हुन जरुरी रहेको बताएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.