“जगदीशपुल ताललाई पाहुना चरामैत्री वनाउँदै जनताको जीवन स्तर परिवर्तन गर्न सकिन्छ” –मुख्यमन्त्री केसी

0
Quantam abroad studies

मानसिंह विश्वकर्मा , कपिलबस्तु , असार ३२
लुम्बिनी प्रदेश सरकारका मुख्यन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको कपिलबस्तुमा रहेको जगदिशपुर तालको विकास प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको बताउँदै पाहुना चरामैत्री बासस्थान बनाउँदै स्थानीय जनताको जीवनस्तर समृद्धिको माध्यम बनाउन सकिने बताउनुभयो ।

यस्तो कुरा मुख्यमन्त्री के.सी. कपिलबस्तुमा रहेको जगदीशपुर ताललाई बथ स्याङचुरी (पंक्षी आरक्ष) घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै जगदीशपुर तालमा बनाउनुभयो ।
मुख्यमन्त्री केसीले जगदीशपुर ताल २०२८ सालमा सिचाई प्रयोजनका लागि निर्माण गरिएको तालमा हाल विश्वका दुर्लभ चराहरु आएर करिव ५ महिना बस्ने गरिरहेको बताउँदै त्यसका लागि अभैm एक जना चरा विशेषज्ञ प्रदेस सरकारले नियुक्ति गरी गुरु योजना निर्माण गर्दै चरामैत्री वातावरण बनाई दिनु पर्दछ । उहाँले भन्नुभयो:–“जसरी लुम्बिनीमा गौतम बुद्धको भ्रमणमा आउँछन् ती पर्यटकहरुलाई यस जगदीशपुर तालमा चराहरुसँग रमाउन सक्ने वातावरण निर्माण गर्नुपर्दछ, जसरी हामीले होटेलमा विदेशी पाहुनालाई सत्कार गर्दछौँ त्यसरी नै चराहरुलाई पनि बस्ने वासस्थानको व्यवस्था गर्नुपर्द जवकी चराहरु बस्न रमाउनुन् ।”

मुख्यमन्त्री केसीले जगदिशपुर तालको प्राकृतिक हिसावले नभत्काउन, पर्यावरणमा ध्यान दिर्दै काम गरेमा प्रदेश सरकारले बजेटको कुनै अभाव हुन नदिने बताउनुभयो । उहाँले बजेटको अभाव भन्दा पनि योजना र लगनशीलताको अभाव भएकाले अब बन मन्त्रालयले पहल लिन र त्यसमा प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले तालको संरक्षणका नाममा भौतिक संरचना भन्दा पनि चरामैत्री बनाउँदै प्रकृति मैत्री बनाउँनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो:–“तालहरु त धेरै छन, तर यो तालको फरक प्रकृतिको हो, चराको जन्मसँस्कारदेखि बाचुञ्जेलको सबै कुरामा ध्यान दिएर गर्नुपर्दछ जसले हाम्रो जीवनमा आर्थिक आत्मनिर्भरता परिणाम देखिनेछ ।”
मुख्यमन्त्री केसीले यो पानीलाई आम किसानहरुको बारीमा सिचाईमा सिन्चित गरी उत्पादनमा बढाउने र विदेशी पाहुनाहरुलाई अर्गानिक खाना खुवाउनु पर्ने बताउनुभयो ।

sahani furniture udyog

मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजनाहरु मध्ये एक जगदिशपुर ताल भएकोले यसको कार्यविधि समेत पारित गरि रहेको बताउँदै यसलाई लुम्बिनीमा विश्वका चराहरु आउने स्थानको रुपमा चरा पर्यटक क्षेत्र बनाई आम्दानी गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा सिचाई मन्त्री विरबहादुर रानामगरले तालको पानीलाई उपभोग गरी किसानहरुको वारीमा सिचाई गर्न योग्य बनाउने र उत्पादन बनाउनका लागि मन्त्रालयले जिम्मेवारी दिने बताउनुभयो ।

यस्तै वनमन्त्री सुरेन्द्र हमालले मन्त्रालयको पहलमा ताललाई बथ स्याङचुरीमा घोषणा गरिएको बताउँदै आगामी दिनमा पनि तालको विकास र चराहरुको बासस्थानका लागि अधिकता योजना बनाएरु अगाडि बढिने बताउनुभयो । तालको कुल क्षेत्रफल २२५ हेक्टर र पानीको क्षेत्रफल १६१.५४ हेक्टर रहेको तालमा ६२०० हेक्टर सिचाईबाट करिव ६७०० घरधुरी लाभाविन्त भएका छन् । नेपालका १० वटा सिमसार क्षेत्रहरु मध्ये सूचीकृत भएको छ । तालमा ३२ प्रजातिका स्तनधारी चराहरु पाइन्छ । तालमा डुवल्की चरा, खङखङे चरा, सिन्धुरे चरा, कैलो टाउके, हरी हासले, सुडसिडिया, चिम चिमे, जल रंक, जलेवा, लगायत गरी २९५ प्रजातीका चराहरु पाइन्छ ।

तालमा नेपालमा पाइने २०१ मध्ये ४३ प्रजातीका माछा पाइन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.