
तपाईहरु अपाङ्ग होइन फरक क्षमता भएका ब्यक्ति हो : अध्यक्ष चौधरी
कपिलवस्तु , साउन ६
‘रोजगार विहिन अपाङ्गता भएका नागरिकहरुका लागि उर्जाशील अवसर’ मूल नाराका साथ कपिलवस्तु गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुसँग रोजगार तथा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
दि लेप्रोसी मिसन नेपालले उक्त कार्यक्रम आयोजना गरेको थियो भने कार्यक्रमको समन्वय शुद्धोधन गाउँपालिकाको कार्यालयले गरेको थियो । दि लेप्रोसी मिसन नेपालद्वारा संचालित फाउण्ड परियोजना अपाङ्गता भएका नेपाली व्यक्तिहरुको रोजगारीमा सहयोग गर्दै आइरहेको र यो फाउण्ड परियोजना नेपालका ५ ओटा जिल्लामा संचालित रहेका छन् । यि कार्यक्रम काठमाडौं, ललितपुर, मोरङ, रूपन्देही तथा कपिलवस्तु जिल्लामा संचालित छ । फाउण्ड परियोजना उद्योग वाणिज्य महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ तथा दि लेप्रोसी मिसन नेपालको संयुक्त साझेदारीमा संचालित छ । १८-४५ बर्ष सम्मका अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न किसिमको व्यवसायमा सहयोग गर्दै आएको तथा विभिन्न औपचारिक रोजगारीमा जोड्ने काम गरिरहेको छ ।
दि लेप्रोसी मिसन नेपालद्वारा संचालित फाउण्ड परियोजना अपाङ्गता भएका नेपाली व्यक्तिहरुको रोजगारीमा सहयोग गर्दै आइरहेको र यो फाउण्ड परियोजना नेपालका ५ ओटा जिल्लामा संचालित रहेका छन् । यि कार्यक्रम काठमाडौं, ललितपुर, मोरङ, रूपन्देही तथा कपिलवस्तु जिल्लामा संचालित छ । फाउण्ड परियोजना उद्योग वाणिज्य महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ तथा दि लेप्रोसी मिसन नेपालको संयुक्त साझेदारीमा संचालित छ । १८-४५ बर्ष सम्मका अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न किसिमको व्यवसायमा सहयोग गर्दै आएको तथा विभिन्न औपचारिक रोजगारीमा जोड्ने काम गरिरहेको छ ।
सो कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चाैधरी प्रमुख अतिथि र शुद्धोधन गाउँपालिकाका महिला वालवालिका तथा जेष्ठ नागरिक फाट प्रमुख राधिका खनाल, सिद्धार्थ समाजिक विकास केन्द्रका थिम लिडर राम रेखा बरुण, शुद्धोधन गाउँपालिका स्वास्थ्य अहेव आदेश कुमार श्रीवास्तव, परियोजना फाइनान्स अफिसर रिना आचार्य, व्यापार विकास अधिकारी ढाकाराम अधिकारी र रमेश पोखरेल अतिथिको रुपमा उपस्थित रहेका थिए ।


अंतरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कमलेश शरण चाैधरीले अपाङ्गता भएको व्यक्तिलाई उनले अपाङ्गता नभनी फरक क्षमता भएको व्यक्ति मान्ने बताउनु भएको थियो । बोल्ने कर्ममै फरक क्षमता भएकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था सहयोग दिलाउनुका साथै गाउँपालिकाबाट अवश्यकता अनुसारको लगानी पनि गर्ने अध्यक्ष चौधरीले प्रतिबद्धता जनाएका थिए ।
फाउण्ड परियोजनाका रोजगार परामर्शकर्ता गिता अर्यालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
