कृष्णनगर चन्द्रौटा रुटमा निरन्तर ट्राफिक चेकिङले सर्वसाधारणलाइ सास्ती

0
Quantam abroad studies

कपिलवस्तु , साउन ७
ईलाका प्रहरी कार्यलय बहादुरगंजकाे प्रहरी र ट्राफिक प्रहरी काे संयुक्त टाेलीले कहिले कृष्णनगर नगरपालिका वार्ड नं.८ लोहराैला , कहिले शिवराज नगरपालिका वार्ड नं.७ जवाभारी आसपास एरियामा चेकजाँच गर्न छड्के खटिने गरेको छ ।

साे एरियामा अधिकांश भारतीय नं. प्लेटका माेटरसाईकल चल्ने गरेकोमा उक्त गाडीसँग सुविधा ,भन्सार ,लाईसेन्स छ कि छैन भन्दै २००/- देखि ५००/- सम्म अबैध तरिकाबाट पैसा असुली कमाइ गर्न मिल्ने हुँदा निरंतर चेक गर्ने गरेकाे स्थानीयहरुबाट जनगुनासाे सुनिने गरेकोे पाईएकाे छ । भारतबाट सिमा जाेडिएकाे एरियामा भारतीय नम्बर प्लेटका सवारी साधन समेत राख्ने चलन रहेको छ । कसैकाे दाइजाेमा पाएका , कोहि आफन्तकाे नाममा खरिद गरेर प्रयाेग गरेकोे हुन्छन् । स्थानीय रुपमा चल्ने भारतीय सवारी साध्न मध्ये कसैले भन्सार गराउछ्न वा सुबिधा बनाउछ्न भने कोही बिना सुबिधा भन्सार चलाउछन । गाउँ घरतिर बाइक चलाउने ब्यक्तिलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीले अनावश्यक तरिकाले सधैजसाे चेकिङ्ग लगाएर पैसा असुली गर्ने काम मात्र गर्ने गरेकोे भन्दै चाेक चाैराहामा जनगुनासाे गर्ने गरेको पाइएको छ। नेपाली नम्बर प्लेटका माे.सा. प्रयाेग गर्नेहरु लाई पनि ब्लु बुक रि न्यु नभएकाे , लाईसेन्स नभएकाे , हेलमेट प्रयाेग नगरेको र सीट क्षमता भन्दा बढी सवार भएको भेटाएमा जरिवाना तिराउने प्रावधान छ । तर यहाँ जरिवाना रसिद नकाटि सरकारको राजस्व छली गर्दै दुइ सय देखी पाँच सय सम्म असुल्ने गरेको गुनासो बढेको छ ।

कसैले पैसा दिएको रसिद मागे जरिवाना १०००/- देखि १५००/- सम्म कटाउने गरेकाे , मिलाएर गराई दिनुस भनेपछि बिना रसिद २००/- देखि ५००/- सम्म लिने गरेकाे सर्बासाधारण जनताले बताउँछन् । सरकारले लाइसेन्स नदिने तर ट्राफिकले सधैं लाइसेन्सको बहाना जरिवाना तिराउने गरेको भन्दै आमजनता रुष्ट रहेका छन् । कपिलवस्तुमा धेरै चालकहरु संग लाइसेन्स नभएको अवस्था रहेको छ । लाइसेन्स नभएकाले हप्तामा २-३ पटक चेकिङमा परि जरिवाना तिर्नु पर्ने बाध्यताले धेरै सवारी चालक पीडित बनेका छन् ।

sahani furniture udyog

यस्तै खुला सिमानाबाट तस्करी गर्ने समुह जीर्ण अवस्थामा रहेका भारतीय प्लेटका बाइक बिना कागज ,बिना भन्सार दिनरात तस्करीको समाग्री ढुवानी गर्दा पनि प्रहरीले कुनै कारबाही नगरेको हामी सर्बसाधारणलाइ मात्र कारबाही गरेको बताउदै जनताको प्रहरी प्रती गुनासो रहेको छ। तस्करका बाइक , पहुँचवालाको गाडी प्रहरीको घुमुवा , गस्ती टोली र चेक पोइन्ट समेत कुनै प्रकारको रोकावट नगर्नु र छड्के चेकजाँचमा समेत छोडनु उपयुक्त नभएको सर्बसाधारण जनताले बताउ छन् ।

ट्राफिकको काम कागजपत्र चेक संगै अन्य प्राबिधिक त्रुटिको चेकजाँच गर्ने समेत हो । तर भारतीय मालबाहक गाडीहरू ओभर लोड गरेर आउँदा निर्बाध रुपमा हिड्ने बाटो चाडै बिग्रिने तथा राजस्वमा समेत चुहावट हुने तर कारबाहीमा सानो गाडी मात्र पर्ने गरेको छ । जिर्ण अवस्थाका गाडी , अत्यधिक धुवा फाल्ने गाडी नियम बिपरित मोडिफाइ गरेका पिकाअप भ्यान र ट्रालि समेत खुल्ला रुपले हिडने गरेका छन् । तर हाल ट्राफिक प्रहरीले कागज पत्र चेक जाचको नाउमा दिनहुँ सर्बसाधारण जनतालाइमात्र सास्ती दिने बाहेक अन्य उल्लेखित विषयमा ध्यान दिएको बिरलै देखिन्छ ।

प्रहरी प्रशासनबाट सर्वसाधारणलाई दिनहुँ सास्ती र पहुँचवाला , तस्कर निर्बाध हिडडुल गर्नले आम जनतामाथि मात्र लाग्ने महशुस भएको सर्बसाधारणको प्रहरी प्रति गुनासो रहेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.