खोला बचाउन हस्ताक्षर अभियान

0
Quantam abroad studies
Photo- Abhishek Tiwari

मंसिर ६ कपिलवस्तु , तौलिहवा

sahani furniture udyog

सरीसवा (श्रीसिया) खोला प्रदुषण मुक्त अभियानले आज वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान शुरु गरेको छ । अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीको अध्यक्षतामा उक्त हस्ताक्षर अभियान दुई दिन चल्ने छ । स्वच्छ “नदी पवित्र जल स्वस्थ जिवन समृद्ध वीरगंज” भन्ने मुल नाराका बिहान ८ बजे शुरु गरिएको अभियान साँझ ६ बजे सम्म जारी रहने संयोजक कुर्मीले जानकारी दिनुभयो । अभियानलाई सम्बोधन गर्दै संयोजक कुर्मीले स्वच्छ वातावरण बिना स्वच्छता कर नदिन स्थानियलाई आग्रह गर्नुभयो । उहाँले नेपालको संबिधानले आम नेपालीलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्ने संवैधानिक सुनिश्चिता गरेको बताउनुभयो । उहाँले वीरगंज महानगरपालिका र यस क्षेत्रमा रहेको छाला,सिमेन्ट,सावुन लगायतका उद्योगहरुले आफना उद्योगबाट छाई, जिवका अवशेष ,रौ र केमिकलयुक्त बिषादी फोहर पानी सिधै सरीसवा खोलामा मिसाउदा आसपासका स्थानियलाई समस्या हुने गरेको बताउनुभयो ।उक्त कार्यक्रम को सचालन अभिषेक तिवारीले गर्नु भएको थियो ।साथै उक्त कार्यक्रम बृजेश्वर प्र. चौधरी, ओमप्रकाश सराफ, कन्हैया पटेल, निजामुद्दिन समानी, ज्ञानेन्द्र सिंह, यशपाल सिंह, हरिन्द्र चौरसिया लगायत को ब्याक्तित्वहरु को उपस्थिति रहेको थियो ।भोलि बिहान आजकै समय मा पुन कार्यक्रम सचालन गर्ने भनी तिवारी जि ले जानकारी गराउनु भयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.