पाल्पाको रामपुरमा लाखे नाच प्रदर्शनी

0
Quantam abroad studies

सन्जु देबि परियार , भदौ २५ पाल्पा – नेवा :समाज रामपुर पाल्पाको आयोजनामा १२ औं बृहत लाखे नाच प्रदर्शनि कार्यक्रम आज सम्पन्न भएको छ ।

नेवा : समाजका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेवार समुदायको संस्कार परम्परा संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्द्धनका लागि थप टेवा पुगोस्, सबैमा भाइचारा र आफ्नोपन महसुस होस भन्नका लागि , समय परिबर्तन संगै आधुनिकतामा रम्दै गर्दा आगामी पुस्ताले आफ्ना संस्कृति र परम्परालाई नभुलुन नेवारी समुदायको विशेष महत्व झल्काउने यो लाखे नाचको अस्तित्व बचिरहोस भन्ने उध्देस्यले बर्सेनि सराते पुर्णिामा अर्थात लाखे सेलाउने पुर्णिामाका दिन कार्यक्रम गरिदै आएको कार्यक्रमका अध्यक्ष बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।

परम्परागत तरिकाका लाखे नाच सहित स्याङ्जा , तनहुँ र पाल्पाको गरि २३ वटा समुहले कार्यक्रममा सहभागिता जनाएको थियो ।

sahani furniture udyog

नेवा: समाज रामपुरले कार्यक्रममा बर्सौ देखि आफ्ना मूल्य मान्यता अनि संस्कृति जोगाउन र अहिलेको पुस्ता सम्म कायम अनि निरन्तरता दिन प्रोत्साहन गर्नुभएकोमा ८३ बर्सिय टेक बहादुर श्रेष्ठ र ८१ बर्सिय टीका माया श्रेष्ठ लाई दोसल्ला ओढाइ , हर्लिक्स , अनारजुस र बिस्कुट सहित सम्मानपत्र दिएर ज्येष्ठ नागरिक सम्मान गरेको थियो।

रामपुर नेवार समाजको समुहको बच्चाहरुको नाचबाट स्वागत गरिएको कार्यक्रममा परम्परागत तरिकाका लाखे नाच सहित स्याङ्जा , तनहुँ र पाल्पाको गरि २३ वटा समुहले कार्यक्रममा सहभागिता जनाएको थियो भने सहभागी समूह लाई प्रमाणपत्र र नगद आयोजकले प्रदान गरेको थियोे ।

१२ औं बृहत लाखे नाच प्रदर्शनि कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद माननीय युबराज खनाल , नेवा : समाज रामपुरका संस्थापक अध्यक्ष हाल प्रमुख सल्लाहकार राजु प्रसाद श्रेष्ठ ,समाजसेवी सन्दिप राना ,उधोग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल लगाएतले आ – आफ्ना भनाइ सहित संस्कृति जगेर्ना र परम्परागत मूल्य र मान्यता लाई निरन्तरता दिएकोमा शुभकामना व्यक्त गर्नुभएको थियो।

नेवा : समाज रामपुरका काेषाध्यक्ष राजकुमार श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सहभागी सम्पुर्ण लाई धन्यवाद नेवा : समाज रामपुरका सदस्य रुद्रनारायण श्रेष्ठले गर्नुभएको थियो भने नेवा : समाज रामपुरका सचिब बिमल श्रेष्ठले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.