संविधान दिवस भव्यताका साथ मनाउने गरी तयारी बैठक बस्यो

0
Quantam abroad studies

मानसिंह विश्वकर्मा , भाद्र २६
बुटवल – नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधान दिवस असोज ३ लाई मनाउँदै आइरहेको सन्दर्भमा लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०७९ मनाउनको लागि आज तयारी बैठक बसेको छ ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बैठक बुटवलमा बसेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामै प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, मुख्यन्यायाधीश, स्थानीयतह, विभिन्न प्रदेश स्तरका सामाजिक संघ सँस्था प्रमुख तथा प्रतिनिधीहरुको रहेको १०० सदस्यीय संविधान दिवस २०७९ मुल समारोह समिति गठन गरेको छ ।

यस्तैगरी आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयका प्रमख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, सबै मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख र आन्तरिक मामिला तथा सञ्चार सचिव सदस्य सचिव रहेको निर्देशक समिति समेत गठन गरेको छ ।

sahani furniture udyog

बैठकले आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माको अध्यक्षतामा नै सामारोह व्यवस्थापन समिति गठन गरेको छ । यसैगरि संविधान दिवसको अवसरमा अवसर २०७९ असोज २, ३, ४ गते विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । असोज २ गते प्रदेश स्थित सबै कार्यालयहरुमा राष्ट्रिय झण्डा पहराउने, प्रदेशमा रहेका कार्यालयमा सरसफाई गर्ने, प्रदेश स्थिति सबै कार्यालयमा दिपावली गर्ने निर्णय गरेको छ ।

यसैगरी असोज ३ गते विहान प्रभात फेरी गर्ने, स्थानीय झाँकी प्रदर्शन गर्ने, प्रदेश सरकारबाट पदक पाउनेहरुको नामावली सार्वजनिक गर्ने, स्थानीय तेलिभिजनहरुबाट अन्तरवार्ता, परिसम्वाद लगायत प्रशारण गर्ने सञ्चारमाध्यमहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रदेशका १२ वटै जिल्लाका सबै स्थानीयतहरुलाई विभिन्न कार्यक्रम गर्नका लागि अनुरोध गर्ने, साझ दिपावली गर्ने निर्णय गरिएको छ ।

यसैगरी २०७९ असोज ४ गते बुटवलमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, प्रदेशस्थित कार्यालयहरुमा साँझ दिवावी गर्ने, आफ्नो कार्यलयहरुले विवभिन्न नव प्रवर्धानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.