लुम्बिनीका खेलाडीलाई प्रदेशको नाम उच्च राख्न मुख्यमन्त्रीको निर्देशन ” – मुख्यमन्त्री केसी

0
Quantam abroad studies

मानसिंह विश्वकर्मा , बुटवल , असोज २
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश गौतम बुद्धको नामबाट परिचित प्रदेश भएकाले नबौँ राष्ट्रिय खेलकुद क्षेत्रमा पनि प्रदेशको नाम उच्च राख्नका लागि निर्देशन दिनुभएको छ ।

यस्तो विचार मुख्यमन्त्री केसीले नबौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीहरुको खेलाडी छनौटको उद्घाटन गर्दै बुटवलमा आइतबार बताउनुएको हो । उहाँले खेलकुद क्षेत्रले पनि प्रदेश र देशलाई चिनाउन सक्ने भएकाले खेलदकुदलाई प्राथमिकता साथ अगाडि बढाएको बताउँदै भन्नुभयोः ‘लुम्बिनी प्रदेशका खेलाडीहरुले विजयी हाशिल गर्नुहोल प्रदेश सरकारले खेलाडीको सर्बाङ्गीण विकास गर्नका लागि तयार छ।” लुम्बिनी प्रदेशका खेलाडीहरु युद्ध मैदानमा उच्च मनोबलका साथ अगाडि बढ्नका लागि अनुरोध गर्दै लुम्बिनी आयो भन्ने वित्तिकै मनोबैज्ञानिक विज हुन्छ भन्ने बनाउनको लागि सबैले जिम्मेवार र अनुशासित पूर्वक खेल्न अनुरोध गर्नुभयो ।

sahani furniture udyog

उहाँले भन्नुभयोः“अग्रेजहरुसँग विजयी प्राप्त गरेको प्रदेश जितगढी किल्लाका खेलाडीहरुको परिचयले नै खेलमा उच्च मनोबेल गराएर खेल्नका लागि निर्देशन दिनुभएको छ। यस्तै मुख्यमन्त्री केसीले आफ्नै नेतृत्वमा सरकार रहेको बेलामा खेलकुद क्षेत्रको विकास भएकार बताउँदै खेलकुद परिषद गठन गरेर अगाडि बढाएको बताउँदै त्यसलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नभयो । यस्तै कार्यक्रममा बन तथा बातावरण मन्त्री सुरेन्द्र हमालले खेलकुद क्षेत्र मानिसलाई व्यक्तिगत रुपमा पनि नभई नहुने क्षेत्र भएकोले खेल क्षेत्रको विकासका लागि लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रम खेलकुद मन्त्री बसीउसीदिन खाँको अध्यक्षता भएको थियो भने पत्रकार सञ्जु पौडेलले सञ्चालन गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधी, खेलाडी, सुरक्षा निकायको सहभागीता रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.