महाराजगजं ११ मा वडा स्तरीय खेलकुद प्रतियोगिता समपन्न

0
Quantam abroad studies

जितेन्द्र पुरी , माघ ९
जिल्लाको महाराजगजं नगरपालिका वडा नं. ११ मा माघ ६ गतेबाट चालिरहेको वडा स्तरीय खेलकुद प्रतियोगिता समपन्न भएको छ । सो प्रतियोगितामा कुल १० टीम सहभागी भएका थिए ।

सहभागी भएका टीमहरु मध्ये प्रथम हासिल गर्ने टीमलाई ट्राफी र प्रमाण पत्र सहित रु १०००० नगद र द्धितीयलाई ट्राफी र प्रमाणपत्र सहित ५००० नगद र र्तितियलाई ट्राफी र प्रमाण पत्र सहित ३००० नगद पुरूस्कार दिने व्यावस्था गरिएको थियो । सो प्रतियोगितामा बनगाईको (A)टीम प्रथम र बनगाई कै (B) टीम दोस्रो स्थान हासिल गरेको छ भने तेस्रो स्थानमा बलरमवापुरको टीम रहेको छ ।

प्रथम हुने टीमलाई वडा अध्यक्ष धर्मेन्द्र कुमार पुरीले ट्राफी र नगद रु १०००० दिई सम्मान गरेका थिए । त्यसैगरी दोस्रो स्थान हासिल गर्ने टिमलाइ वडा सचिव प्रदीप कहारले ट्राफी र नगद रु ५००० दिएर सम्मान गरेका थिए ।यसैगरि तेस्रो स्थान हासिल टिमलाई लक्ष्माण दास नि मा वि का प्रधानाध्यापक र खेलकुद समिति का सदस्य ओम प्रकाश चौधरीले ट्राफी र नगद रु ३००० दिएर सम्मानित गरेका थिए ।

sahani furniture udyog

खेलकुद प्रतियोगिताका मैन अफ द सिरिज बनगाई (A)टीम का खेलाडी लक्ष्मन प्रसाद चौधरीलाई समाज सेवी जगन्नाथ पुरीले मेड्ल सहित प्रमाणपत्र दिनु भएको थिए । यस खेल प्रतियोगिताको अवधि भर एमपयर संजय मिश्रा र संजीव मिश्राले ईमानदारी पुर्वक एमपयरिङ गरेर खेल सम्पन्न गराउनु भएको हुँदा उहाँहरुलाई पनि प्रशांस पत्र दिएर वडा अध्यक्ष धर्मेन्द्र कुमार पुरीले सम्मानित गर्नु भएको थिए।

वडा अध्यक्ष पुरीले मन्तव्य दिदै सबै खेलाडीले आफ्नो प्रतिभा देखाउनु भएको बताउदै प्रतियोगितामा सहभागी भएका सम्पुर्ण टीमलाई बधाई दिदै अगमी दिनमा पनि यस्तै प्रतियोगिता गराउने बताउनुभयो । यस्तै प्रतियोगितामा चौथो स्थान हासिल गरेका प्रभातनगरको टीमलाई वडा अध्यक्ष पुरीले खेल समाग्री हास्तन्तण गर्नु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.