महाराजगंज ११ मा वडा स्तरीय खेलकुद प्रतियोगिता शुरू

0
Quantam abroad studies

कपिलवस्तु , माघ ६
जिल्लाको महाराजगंज नगरपालिका वडा नं.११ मा वडा स्तरिय खेलकुद प्रतियोगिता शुरु भएको छ । शुक्रबार वडा अध्यक्ष धर्मेन्द्र पुरीको अध्यक्षता र मेयर अबदुल कलामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा स्तरीय खेलकुद प्रतियोगिताको समुदघाटन गरिएको छ ।

सो प्रतियोगिताको उदघाटन मेयर कलामले रिबन काटेर गरेका थिए । उदघाटनका क्रममा वडा सचीव , वडा सदस्य , खेलाडी , स्थानीय चौकीका प्रहरी , खेल प्रेमीहरुको उपस्तिथिति रहेको थियो । यस खेलकुद प्रतियोगितामा कुल १० टिम सहभागी हुनेछन् भने वडा स्तरीय प्रतियोगितामा क्रिकेट टुर्नामेन्टमात्र हुनेछ ।

sahani furniture udyog

उदघाटन कार्यक्रममा बोल्दै मेयर कलामले स्थानीय खेलाडीहरु खेलकुदमा निरन्तर लागीरहे राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत पुग्ने संभावना प्रबल रहेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष पुरीले स्थानीय खेलाडीहरुलाइ अगाडी बढन सक्दो सहयोग गर्ने बताउनुभयो ।

यस वडा स्तरीय खेलकुद प्रतियोगितामा मेडल , सिल्ड , प्रमाणपत्र संगै नगद पुरस्कारको ब्यवस्था समेत गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.