तलकाेटमा २ दिने निशुल्क माेतिविन्दु छनाेट शिविर

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
तलकाेट गाउँपालीकामा दुई दिने माेतिविन्दु छनाेट शिविर सम्पन्न भएको छ ।

गाउँपालीकाकाे गैताेलामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको सि अ हे ब जनक कुमार बिष्टले बताए । तलकाेट गाउँपालीकाकाे आयाेजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्गको प्राविधिक सहयोगमा कालिका आधारभुत विद्यालय .गैतोलामा एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको बिष्टले बताए ।

आँखा शिविरमा उपस्थित २४२ र हिजो ८५ गरेर ३२७ जनाले सेवा लिएका छन भने २३ जनाले एक दिन अगाडि सहित ८ गरेर जम्मा ३१ जनामा मोतिबिन्दुको (Cataract) समस्या देखिएको डाक्टरको भनाइ छ । उपचारको क्रममा आखामा मासु पलाएका ४८ जना रहेका छन भने १०० जनाले चस्मा छनौट भएका विरामीहरुको यही मिति २०७९/१०/११ जिल्ला अस्पताल बझाङ्गमा निःशुल्क अप्रेसन हुने उहाँको भनाइ छ ।

sahani furniture udyog

तलकाेट गाउँपालीकामा आँखा उपचार सम्वन्धि शिविर सञ्चालन गर्न सहयोग र सम्मन्वयकाे लागि आँखा उपचार केन्द्र बझाङ र वडा न ६ जनप्रतिनिधि र वडा न २ जनप्रतिनिधि सहित स्वास्थ्य चौकीका कर्मचारी ज्यूतलकोट गाउँपालिका अध्यक्ष कलक राेकाया उपाध्यक्ष पार्वती कुवर भण्डारीले सहयाेग गरेको स्थानीयकाे भनाइ पाईन्छ ।

एक दिन अगाडि मात्र उपचार गरेकालाई आज छ्नोट मोतिबिन्दुका ३१ जना बिरामीलाई जिल्ला अस्पतालमा माघ १० गते अप्रेसन गर्न तलकोट गाउँपालिकाले जिव को ब्यबस्था गर्ने समेत गाउँपालीका स्राेतकाे भनाइ छ । तलकाेटमा २ दिन लगातार शिविर सञ्चालन भएको थियाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.