महोत्सवको मुख्य आकर्षण घोघीको परिकार र थारु पहिरनमा सजिएका युवायुवती

0
Quantam abroad studies

एस एम न्युज , तौलिहवा
बुद्धभुमि नगरपालिकाको चवन्न स्थित क्याम्पस परिसरा पाचौं माघी एंव खिचडी महोत्सवको आयोजना गरिएको छ । थारु खानाका परिकार , हस्तकलाका सामाग्रीका स्टल सहित सो महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा थारु पहिरनमा सजिएका युवायुवतीले मयुर , झुमरा , झरा , लाठी लगायत नाचको प्रस्तुति दिएका थिए । थारु पहिरनमा रहेका युवायुवतीले थारु संस्कृति जगेर्ना गर्न झाकि समेत निकालेका थिए ।

महोत्सवमा थारु खानाको परिकारमध्ये घोघी सबैको आकर्षणको केन्द्र बनेको थिए । त्यहाँ उपस्थित पाहुनालाई ढिकुरि सुकेको माछासंगै घोघीको परिकार खुवाइएको थियो । थारु बाहेक समुदायका पाहुनाले घोगि खान अलिक असहज महसुस गरेतापनि थारु संस्कृतिको सम्मानका लागी घोघी परिकार खाएको बताएका छन् । घोघी खोल्सा, कुलो, पोखरी र नहरमा पाइने एक प्रकारको जीव हो। 

कार्यक्रममा कपिलवस्तु क्षेत्र नं. २ का सांसद सुरेन्द्रराज आचार्य , लुम्बिनी प्रदेश सदस्य नवराज लामिछाने , बुद्धभुमीका मेयर केशव श्रेष्ठ लगायत राजनीति दलका नेता, स्थानीय अगुवा संचारकर्मीलेहरुको उपस्थिति रहेको थियो । महोत्सवमा मेयर केशव श्रेष्ठले थारु संस्कृतिको जगेर्ना गर्न थारु संग्रहालय र थारु होम स्टेको शुरूवात गर्न जोड दिएका छन् । यस्तै बिशिस्ट अतिथि रहेका प्रदेश सदस्य लामिछानेले महोत्सवको आयोजनाले थारु कला संस्कृतिको प्रचारप्रसारमा टेवा पुग्ने बताएका छन् । थारु कला संस्कृतिको जगेर्ना गर्न प्रदेश र संघमा आफुले पहल गर्ने समेत लामिछानेले दाबी गरेका छन् ।

यसैगरी सांसद आचार्यले बदलिँदो परिबेशसंगै थारुहरूको परम्परागत कला संस्कृति समेत लोप हुँदै गएको बेला गरिएका यस्ता महोत्सवले थारुहरूको संस्कृतिको जर्गेना गर्ने महत्त्वपूर्ण भुमिका खेल्ने बताए । थारु कलासंस्कृति संरक्षण गर्न आफुले गर्न सक्ने सहयोगको लागी सधैं तयार रहेको अचार्यले बताउनुभयो ।

महोत्सवमा युवायुवतीहरु आफ्नो छुट्टै पहिचान बोकेको पहिरनमा सजिएर आएका कारण सबैको आकर्षणको केन्द्र बनेका थिए। महिलाहरु लेहंगा चोली लगाई ओढनी ओढेर अरिया लगाएर थिए। त्यस्तै उनीहरुले घाटीमा हसुली, कम्मरमा कर्धन लगाई खुट्टामा कढा लगाएका थिए। कानमा झुम्का र नाकमा नथुनीले पनि उनीहरूको कला संस्कृति झल्कन्थ्यो। यस्तै अन्य कतिपय थारु महिलाहरु छैकल, बाजु, बहु महुची र माला लगायतका गह गहनामा सजिएर आएका थिए। यस्तै आधुनिक जिन्स पाइन्टमा देखिने पुरुषहरू पनि थारु भेषभुषामा सजिएर आएका थिए। उनीहरुले धोती जामा लगाई बाहिर कट आसकोटमा पगडी र भेगाई लगाएर आएका थिए।

मूल आयोजक समितिका संयोजक सन्तराम थारुले महोत्सव दुइ दिन चल्ने र विभिन्न किसिमका नाचको प्रतियोगिता हुने बताएका छन् । शिवराज नगरपालिका र बाणगंगा नगरपालिकामा समेत माघी महोत्सव मनाइने छ।  

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.