कृष्णनगरको बढया स्वास्थ्य चौकी भवन निर्माणमा ड्राइंग विपरित ढलान

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नम्बर १ मा रहेको बढया स्वास्थ्य चौकी भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ । काजी एण्ड ब्रदर्स प्रालि कलंकी काठमाण्डौले निर्माण गरिहेको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको हो ।

नगरपालिकाका प्राविधिक र काजी एण्ड ब्रदर्स प्रालिलेको मिलोमातोमा अनियमितता गरि गुणस्तरहीन निर्माण कार्य भइरहेको स्थानीयले बताएका छन् । उक्त भवन कृष्णनगर नगरपालिकाको ९२ लाख १७ हजार ७ सय ४७ रुपँयाको लागतमा भवन निमार्ण भइरहेको छ ।

बढया स्वास्थ्य चौकी भवन निर्माण गर्नाको लागि तैयार गरिएको ड्राइंगलाई बेवास्ता गरि ड्राइंग विपरीत नगरपालिकाका इन्जिनीयर प्रदीप कुमार चौधरी र असिस्टेंट सब–इन्जिनीयर रमेश ओलीले आफ्नै उपस्थितीमा पहिलो चरणको फुटिङ्ग फाउन्डेशन ढलान गराएका छन् ।

बलुवा, सिमेन्ट तथा गिट्टीले बनाएको मसलाबाट फुटिङ्ग फाउन्डेशन ढलान गरि सके छि उक्त ढलानको गुणस्तर जाँच गर्न अनिवार्य रुपमा बनाउनुपर्ने क्युबसमेत नबनाएको र ओभर साइजको गिट्टी प्रयोग गरेको असिस्टेंट सब–इन्जिनीयर रमेश ओली र निर्माण कम्पनीका इन्जिनियर आकाश शर्माले बताएका छन् । ड्राइंगमा फुिटङ्ग फाउन्डेशनको नाप ६×६ रहेको छ । तर अधिकांश फुिटङ्ग फाउन्डेशन ५×५को ढलान गरेको पाइएको छ ।

फुटिङ्ग फाउन्डेशनको साइज, ढलान गर्दा गिट्टी ओभर साइज प्रयोग, गुणस्तर जाँचको लागि बनाउनु पर्ने क्युबको बारे निर्माण कम्पनीका इन्जिनीयर आकाश शर्माका अनुसार नगरपालिकाको इन्जिनियर प्रदीप कुमार चौधरी तथा असिस्टेंट सब–इन्जिनीयर ओलीको उपस्थितिमा ढलान गरिएको हो ।

कृष्णनगर नगरपालिका मातहत निर्माण हुने अधिकांश भवनहरु गुणस्तरहीन भेटिएका छन् । शिवराज अस्पतालको भवन निर्माण ढलान गरेको दुई महिनामै पानी चुहिन लाग्यो । कृष्णानगर–११ बेदमऊ स्वास्थ्य चौकीको भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग, कृष्णानगर–५ मा पुरुषोत्तमपुरदेखि गुलरीसम्मा सड़क कालों पात्रो एक महिनामै उप्किएको छ ।

sahani furniture udyog

बगही पुलिस चौकी नजिक पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग, वडा नं.८ वडा कार्यलय भवन निर्माण गर्दा ढलान तथा झ्याल ढोकामा गुणस्तरहीन सामग्री प्रयोग भएका छन् । यसरी दर्जनौँ निर्माणहरु गुणस्तरहीन भेटिएका छन् । पटक पटक समाचार सम्प्रेषण गरि ध्यानाकर्षण गराउँदा पनि सुधारप्रति चासो नदेखाउँदा निर्माण कम्पनी तथा नगरपालिकाका इन्जिनीयरहरुको मिलोमातोमा गुणस्तरहीन निर्माण भइरहेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.