

एसएम न्यूज़ ऑनलाइन , बर्दिया।
शिवराज मिडिया प्रालिकाे आयाेजना र कृष्णनगर नगरपालिकाकाे सहयोगमा एडभान्स फाेटाेग्राफी तालिम सुरु भएको छ । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा बर्दिया गैँडा क्याम्पमा ५ दिने एडभान्स फाेटाेग्राफी तालिम सुरु गरिएको हाे । शुक्रबारदेखि ५ दिनसम्म चल्ने फाेटाेग्राफी तालिमको उद्घाटन कृष्णनगर नगरपालिका प्रमख रजत प्रताप शाहले गर्नुभएकाे शिवराज मिडिया प्रालिद्वारा सञ्चालित शिवराज अनलाइनका प्रबन्ध निर्देशक मनिष गुप्ताले जानकारी दिनुभयाे ।
कार्यक्रमलाई उद्घाटन गर्दै कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले फाेटाेग्राफी पत्रकारिता अति आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारले विस्तारै फाेटाेग्राफी पत्रकारितामा चाँसाे लिन छाेडेकाे बताउँदै फाेटाे पत्रकारितालाई पेसाकाे रुपमा अँगाल्नुपर्ने बताउनुभयो । उहाँले यसले जीवन र संसारकाे यथार्थतालाई बुझ्ने एक मात्र माध्यम भएकाे उहाँको भनाइ छ । कार्यक्रममा सहभागी पत्रकारहरुलाई फाेटाे पत्रकारितालाई निरञ्तरता दिई यथार्थ चित्रण गर्नुपर्नेमा नगर प्रमुख शाहले जाेड दिनुभयो ।

यसैगरी बर्दिया जिल्ला समन्वय समितिकाे प्रमुख सुर्य बहादुर विष्टले समाचारकाे सही सम्प्रेषण नहुँदा समाचारप्रति नागरिककाे विश्वासनीयता घट्दै गएको बताउँदै सत्यसत्य समाचार सम्प्रेषण ध्यान दि जरुरी रहेको बताउनुभयो । उहाँले गलत मनसायका व्यक्तिलाई खबरदारी गर्नुपर्नेमा जाेड दिनुभयो । पत्रकारले देशलाई सही दिशामा हाँक्न सक्ने शक्ति भएको विष्टले जिकिर गर्नुभयो ।
यस्तै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले तस्बिर एउटा महत्त्वपूर्ण प्रमाण भएको बताउनुभयो । उहाँले सन्तुलित समाचार सम्प्रेषण नहुँदा विश्वासनीयता घट्दै गएकाेले समाचार भरपर्दो हुनुपर्नेमा जाेड दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक चन्द्र शेखर कार्की, दिपेन्द्र बडुवाल र मनाेज पाैडेलले एडभान्स फाेटाेग्राफीकाे तालिम दिने आयाेजकले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, सदस्य चिन्ता परियार लगायतकाे उपस्थिति थियोे ।
