नीलगाईको सिकार गर्ने गिरोह सक्रिय

0
Quantam abroad studies

बैशाख १५
कपिलवस्तु -जिल्लामा लकडाउनको मौका छोपी पशुपन्क्षीको सिकार गर्ने गिरोह सक्रिय भएको देखिएको छन्। कोरोना संक्रमण को महामारीबाट लडिरहे का सुरक्षा निकाय लाई चुनाैती दिदै नीलगाई शिकारी गर्ने घटनाक्रम बढदै गएकाे छ।सोही क्रममा आज कृष्णनगर नगरपालिका वडा ८ लाेहराैला मा एउटा नील गाई सिकार गरि मारिएको प्रहरीले नियन्त्रण मा लिएको छ । नीलगाई मारिएको सूचना पाउने बित्तिकै प्रहरीटोलिले खोज गर्दा दुई माेटर साइकलमा अाए का शिकारीहरुले एउटा निलगाई मारेकाे भेटिएकाे छ। जाल काे प्रयाेग गरेर नीलगाई लाई मर्ने मान्छेहरु समात्न नसके पनि लु २ प २३ र लु२प ५२२९ नम्बरका दुई माेटर साइकल फेला परेकाे इलाका प्रहरी कार्यालय बहादुरगन्ज का इन्चार्ज अभय रावतले जानकारी दिनुभएकाे छ।

sahani furniture udyog

लकडाउनका बेला सुरक्षाकर्मीहरु व्यस्त भएकाे माैका छाेपी निलगाइ शिकारीहरु यस्ता अपराधिक गतिविधि गरे काे बताइए को छ ।

यसैगरी बैशाख ८ गते जिल्लाको महराजगंज नगरपालिका वार्ड नं ९ जीतपुरमा पनि एउटा नीलगाई मारिए को अवस्था मा भेटिए को थियोे। बिगतका दिनमा बैशाख १२ गते माया देवी साझेदारी बन क्षेत्रमा दुईथान भरुवा बन्दुक सहित १जना सिकारी पक्राउ परेका थिए भने बैशाख ३ गते तिलौरा कोट साझेदारी बन क्षेत्रमा बन्दुक लगायत हतियार सहित दुई जना सिकारीहरु समातिएका थिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.