
हावा बेच्ने कि हुरीबतास बेच्ने
सोच्दैछु सिङ्गै धर्ती अकाश बेच्ने ।।
नेता र अभिनेता बिके, बिके धेरै माईका लाल ,
महेश कृष्ण संगै बिके, भए कुर्सीका दलाल ।।
अब सोच्दैछु सांसद सहित सिंहदरबार बेच्ने ,
हावा बेच्ने कि हुरी बतास बेच्ने
सोच्दैछु सिङ्गै धर्ती अकाश बेच्ने ।।
नियत बिक्यो, निति बिक्यो , बिक्यो मानवता र बिचार ,
राष्ट्रबादीको अवाज बिक्यो , बिक्दै गति लिदैछ भ्रष्टाचार ।।
अब योजना छ बेइमानीको बिश्वास बेच्ने ,
हावा बेच्ने कि हुरी बतास बेच्ने
सोच्दैछु सिङ्गै धर्ती अकाश बेच्ने ।।
कोरोन सोरोनाको डर छैन , हाम्रो देश नेपालमा ,
स्वास्थ्यप्रति मतलब छैन , सबैलाई फसाउदैछु जालमा ।
महामारी फैलियो भने सोच्दैछु लास बेच्ने ,
हावा बेच्ने कि हुरी बतास बेच्ने
सोच्दैछु सिङ्गै धर्ती अकाश बेच्ने ।।
✍️ निरहु यादव
कृष्णनगर न.पा. ८ कपिलवस्तु
