सनशाईन संस्था द्धारा बुद्धभूमिलाई एक लाख रुपैया राहत सहयोग

0
Quantam abroad studies
sahani furniture udyog

सनशाईन संस्था द्धारा बुद्धभूमिलाई एक लाख रुपैया राहत सहयोग ।
सत्रुहन खरबिन्द /१४ बैशाख
सनशाईन सामाजिक बिकास संस्था बुद्धभूमि १० चेतरादेईले आज बुद्धभूमि नगर पालिकालाई एक लाख रुपैया राहत स्वरुप सहयोग हस्तान्तरण गरेको छ । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणले गर्दा एक महिना बढी लकडाउनको प्रभावबाट पिडित भएका अति बिपन्न , गरिब , श्रोत बिहिनहरुको लागी राहत बितरण गर्ने उद्धेश्यले एक द्धार प्रणाली अन्तरगत संस्थाले एक लाख रुपैया ब्यवस्थापन गरी नगरपालिका लाई उपलब्ध गराएको कुरा संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठले जानकारी गराउनु भएको छ ।
संस्थाका अध्यक्ष तुलसीराम यादवले नगर प्रमुख केशव कुमार श्रेष्ठ लाई ५० हजार को बैंक भौउचर र ५० हजारको चेक गरी एक लाख रुपैया हस्तान्तरण गर्नु भएको हो । यस बिपदको घडीमा नागरिकहरुको पिडामा संस्थाले राहत स्वरुप रु. १ एक लाख रुपैया सहयोग गरि मलम लगाउने कार्यमा सहयोग गर्नु भएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
संस्थाले आफ्नो आन्तरिक कोष बाट रु ५० पचास हजार र आफ्ना साधारण सदस्य र कर्मचारीहरुबाट रु ५० हजार रुपैया संकलन गरी हस्तान्तरण गरिएको कुरा बताईएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.