एसईई र कक्षा १० विद्यार्थीहरुले अब घरमै बसेर पढ्न मिल्ने

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा `लुते´/ बराहक्षेत्र
एसईई र कक्षा १० का विद्यार्थीहरु लाई मध्येनजर गर्दै भर्चुअल क्लास संचालनमा आउने भएको छ । हाल देशमा भइरहे को लकडाउनले विद्यार्थीको पढाइ मा प्रभाव परिरहे को अबस्था मा बराहक्षेत्र का युवा हरूले यस्तो अबधारणा अगि सारेका हुन।

sahani furniture udyog

कक्षा लिन चाहाने विद्यार्थीहरुले जुम एपको प्रयोग बाट आइडी बनाउनु पर्ने जनाइए को छ। तिर्थराज भट्टराई र विशाल खड्का को संयुक्त प्रयास मा सुरु भएको यो क्लास विद्यार्थी को माग बमोजिम अरु विशेषज्ञ शिक्षक पनि आउने खड्काले बताए । उन का अनुसार अहिले बिहान नौ तीस देखि तीन कक्षा संचालन समेत भइरहेको छ।

यतिबेला एसईई परिक्षा स्थगित भइ परिक्षार्थी हरु घरमै बसिरहेका छन भने स्कुल तथा कलेजहरु पनि बिदा भएका छन। अधिकांश विद्यार्थीहरु मोबाइल तथा सामाजिक संजालमा झुम्मिरहेको हुदा उनीहरूको पढाईमा असर पर्ने भए को ले यो अबधारणा ल्याइएको शिक्षक तिर्थराज भट्टराईले बताए। ईन्टरनेटको पहुँचमा हुने विद्यार्थीलाई यसको फाइदा उठाउन भट्टराई ले आह्वान पनि गरे का छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.