अवशेष जलाउनले बाताबरणमा प्रत्यक्ष नकारात्मक असर

0
Quantam abroad studies

देवानन्द ठाकुर/ बैशाख १७
कपिलवस्तु – नेपाल कृषि अनुसान्धानका पूर्ब वैज्ञानिक ओम नरायण चर्तुबेदीका अनुसार आजको यो २१ औं शाताब्दीमा मानिस हरु बिभिन्न प्रबिधिहरु को प्रयोग गरी खेती गर्दै आए का छन्। त्यस प्रविधि मध्ये को क्रर्प हारभेष्टर (कम्बाईन) किसान को साथीका रुपमा चिनिएको छ, तर बाताबरणमा प्रत्यक्ष असर पारेको पनि पाईन्छ।उहाको अनुसार कम्बाईनले बाली नाली काटेपछि बचेको अवशेष भागहरु लाई जलाउनु हुदैन ,बचे को अबशेषहरु (गहुको डान्ठा र पराल) लाई संकलन गरी प्रांगारिक मल बनाउने काम गर्नु पर्छ ।

sahani furniture udyog

जसले खेतको उर्वर मात्रा बढाउनुको साथै बातावरणीय पक्षमा पनि सुधार हुन मद्दत गर्छ।बचेको अबशेष भाग जलाउनले खेतको माटो सहित बाताबरणमा पनि हानिकारक असर पर्न जान्छ। जसको प्रत्यक्ष असर ताप क्रम बढंनु,खेतमा रहेको उर्बर पोषक तत्व जस्तै: नाईट्रोजन,फास्फोरस र पोटास को उपलब्धतामा कमि एंव अत्याधिक मात्रा वायु प्रदुषण जस्ता नकारात्मक असर पर्दछ।उहा भन्नु हुन्छ, यस्तो अवस्था मा केही मात्रामा हानिकारक कीरा ,फट्यांग्रा र जीब जन्तु नष्ट भएपनि माटो मा पाईने लाभदायक सुक्ष्म जीवहरु पनि नष्ट हुन जान्छन।जसमा लाभ वा फाईदा हुनुका सट्टा नोकसानी वा हानी भाएको पाइन्छ, साथै माटोको आत्यधिक तापक्रम बढन गई माटोको रचना र संरचना दुबैमा असर पर्छ।

आजका कृषकहरु खेतमा प्रांगारिक मल प्रयोग गर्नुको सट्टा रासायनिक मल प्रचुर मात्रामा प्रयोग गर्ने गर्दछन। अझै अवशेष जलाउनले खेतको उर्बरा शक्ति नष्ट भई बाली उत्पादन पनि प्रभावित हुन जान्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.