
जितेन्द्र पुरी
कपिलवस्तु , भदौ १६
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा नबिन पार्टी प्रबेश तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष नारायण बहादुर सिंहले गरेका थिए । यस्तै प्रमुख आतिथिमा पार्टीका केन्द्रीय अध्यक्ष माननीय राजेन्द्र प्रसाद लिङदेन र बिशिस्ट अतिथिमा पार्टीका केन्द्रीय प्रबक्ता माननीय ज्ञानेन्द्र बहादुर शाही रहेका थिए ।
कार्यक्रममा माओवादी पार्टीबाट स्थानीय निर्वाचनमा कपिलवस्तु नगरपालिका अध्यक्ष पदका उम्मेदवा शत्रुघन चौधरी , माओवादी पार्टीबाटै कपिलवस्तु कवनपा- २ को उम्मेदवार काशीनाथ पाठक , एमालेबाट मायादेवी गाउँपालिका – १ मा अध्यक्षका उम्मेदवार अर्जुन प्रसाद चौधरी र जनमत पार्टीका केन्द्रीय सदस्य जितेन्द्र चौधरी लगायतका सयौ नेताकार्यकर्ताहरु पार्टी प्रबेश गरेका थिए ।

कार्यक्रममा बोल्दै शाहीले देश र जनताको हितमा काम गर्ने पार्टी राप्रपा मात्र रहेको दाबी गरेका थिए । शाहीले देशमा कृषि , शिक्षा , भौतिक बिकास लगायतका बिकासका काम राप्रपाको नेतृत्वमै हुने र सबै कार्यकर्ता देशका लागि हरबखत तयारी अवस्थामा रहनु पर्ने बताए ।
यस्तै पार्टीका केन्द्रिय अध्यक्ष लिङदेनले देशमा धर्म निरपेक्षताको नाममा समाजिक सद्भाव बिगार्ने र फोहोरी राजनीति गर्ने चलखेल भैरहेको बताएका छन् । उहाँले देशमा धर्म निरपेक्षताको नाममा द्वन्द फैलाउने काम भएकोले सबै सचेत रहनु पर्ने समेत बताए । अध्यक्ष लिङदेलले पार्टीमा प्रवेश गरेका नेताकार्यकर्तालाइ बधाई दिदै पार्टीलाइ बलियो बनाइ परिवर्तनको सम्बाहक बन्न अपिल समेत गरेक थिए ।

यसैगरी कार्यक्रममा राप्रपा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक रबिन्द्र मिश्र , लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय , सहमन्त्री प्रकाश रिमाल, सहायक महामन्त्री ताहिर अलि , कपिलवस्तु क्षेत्र नं. ३ (क ) का प्रदेश सदस्य तथा पुर्ब मन्त्री जानकी प्रसाद यादव , शिवराज नगरपालिका प्रमुख अजय थापा , कृष्णनगर नगरपालिका प्रमुखका राप्रपाका उम्मेदवार दिपक रजौरिया लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालक जिल्ला कार्य समिति कपिलवस्तुका सचिव प्रेम शंकर शुक्लले गरेका थिए
