कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि करिब ७ सय जना नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

0
Quantam abroad studies

कपिलवस्तु , असोज २२
कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि करिब ७ सय जना नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। जिल्लाको तौलिहवामा सोमवार आयोजित पार्टी प्रवेश, स्वागत तथा सम्मान कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् ।

नेकपा एमालेका प्रदेश सदस्य गोविन्द उपाध्याय, जिल्ला सदस्य दयानन्द त्रिपाठी, नेपाली कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष नगेन्द्र सिंह, जसपा जिल्ला सदस्य जितेन्द्र पुरी लगायतका करिब सात सय नेता तथा कार्यकर्ताहरू प्रवेश गरेका थिए ।

नव प्रवेशीहरूलाई जनता सँग माओवादी केन्द्रका लागि लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्य, कपिलवस्तु इन्चार्ज महेश्वर जंग गहतराज, नेता सुर्दशन बराल लगायतले स्वागत गरेका हुन् । कार्यक्रममा नवप्रबेशिलाइ स्वागत गर्दै लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले ब्यवस्था परिवर्तनमा माओवादीले भुमिका खेल्यो अब अवस्था परिवर्तन गर्न माओवादीले भुमिका खेल्ने बताएका छन् ।

sahani furniture udyog

प्रवेशीहरू लुम्बिनी प्रदेश सदस्य देखि जिल्लाका इन्चार्ज तथा नगरका सम्पूर्ण कमिटी सहितको सिंगो टिम नै रहेको छ । प्रवेश गर्नेहरू खासगरि जिल्लाको मायादेवी गाउँउपालिका, शुद्धोधन गाउँपालिका, कपिलवस्तु नगरपालिका , महाराजगंज नगरपालिका, कृष्ण नगर नगरपालिका, शिवराज नगरपालिकाका रहेको माओवादीले जनाएको छ ।

जिल्ला संयोजक विष्णु बेल्बासेको अध्यक्षता रहेको कार्यक्रममा सचिव हजरत अलिको सञ्चालनमा सम्पन्न भएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.