यशोधराका स्वास्थ्य चौकीहरुको बेतिथीः न खानेपानी, न उचित व्यवस्थापन, म्याद सकिएको औषधी डम्प र वरीपरी दुर्गन्धै दुर्गन्ध

0
Quantam abroad studies

शहबाज खान
कपिलवस्तु , असोज २६
कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा ३ र ४ मा रहेका बसन्तपुर स्वास्थ्य चौकी र परसोहिया स्वास्थ्य चौकीको व्यवस्थापन नहुँदा सेवाग्राही र कर्मचारीलाई सास्ती भएको छ ।

सेवाग्राही र स्वास्थ्य कर्मचारीलाई समस्या भएपछि गुनासो गरेका छन् । बसन्तपुर स्वास्थ्य चौकीमा शौचालय तथा खानेपानीको व्यवस्थापन नहुँदा उनीहरुलाई सास्ती भएको छ । स्वास्थ्य चौकीमा खानेपानी तथा शौचालयको व्यवस्थापन नहुनु गाउँपालिका कै जिम्मेवारी भएको उनीहरुको भनाई छ । उनीहरुले गाउँपालिकाले स्वास्थ्यलाई चाँसो नदिएको भन्दै गुनासो गरेका छन् ।

बसन्तपुर स्वास्थ्य चौकीको औषधी भण्डारण कक्षमा म्याद सकिएको औषधी पाइएको छ । चौकीमा यही नोभेम्बर महिना २०२३ मा औषधीको म्याद सकिने औषधी थन्काएर राखिएको समेत भेटिएको छ । प्रत्येक महिनामा औषधी भण्डारण कक्षको म्याद सकिएको र सकिन लागेको वितरण पालिकाको स्वास्थ्य शाखामा पठाएर म्याद सकिएको औषधीलाई रित पुराई नियमानुसार नष्ट गर्नुपर्ने हुन्छ तर त्यो नियमानुसार नभएको पाइएको छ । यसरी स्वास्थ्य क्षेत्रमा नियमानुसार औषधीको जाँच, नष्ट नगरिँदा स्वास्थ्य चौकी प्रमुखको चरम लापरवाही देखिएको छ ।

स्वास्थ्य चौकीले प्रयोग गरेकोे सिरिंज (सुई) तथा म्याद सकिएको औषधी नियमपूर्वक नष्ट नगरि खुल्ला रुपमा स्वास्थ्य चौकी भवनको पछाडी फालेको पनि पाइएको छ । स्वास्थ्य चौकी प्रमुख कैलाशनाथ मिश्रले प्रयोग भएको सिरिंज (सुई) को उचित व्यवस्थापनमा लापरवाही भएको स्विकारसमेत गरेका छन् । स्वास्थ्य चौकीमा स्थायी दरबन्दीका ५ जना कर्मचारीको नियुक्त भए पनि कार्यालय समयमा दुई जना मात्रै उपस्थिति हुने गरेको छ । यशोधरा गाउँपालिकाको लापरवाहीले स्वास्थ्य चौकी अस्त–व्यस्तका भएका छन् ।

अव्यवस्थित स्वास्थ्य चौकी र गाउँपालिकाको लापरवाहीका कारण सेवाग्राहीले पाउनुपर्ने सेवा सुविधाबाट समेत वञ्चित भएको स्थानीयले बताएका छन् । नेपालमा औषधी नपाएर मान्छेको ज्यान जाने अवस्था समेत रहेको भन्दै लाखौँलाख रुपियाँ बराबरको औषधी थन्किएर म्याद सकिएर जान्छ तर औषधी प्रयोग गर्न नपाएको उनीहरुले बताउँछन् । स्वास्थ्य चौकीको भवन जीर्ण अवस्थामा पुगेको छ । खुल्ला दिसामुक्त गाउँपालिका भए पनि भवनको वरिपरि दिसैदिसाले दुर्गन्धित भएको छ ।

स्वास्थ्य चौकी प्रमुख कैलाशनाथ मिश्रका अनुसार शौचालय तथा खानेपानीको व्यवस्थापनको लागि सम्बन्धित निकायसँग माग गरिएको छ । बजेट नहुँदा औषधी भण्डारण कक्षको बारे र फोहर मलाई सिरिंज व्यवस्थापन प्रति भएको त्रुटि तत्काल सुधार गरिने बताएका छन् । यशोधरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र मिश्रका अनुसार प्रत्येक महिनामा औषधीको विवरण शाखामा आउने गरेको दावी गरेका छन् । तर बसन्तपुर स्वास्थ्य चौकीको विवरणमा म्याद सकिएको र सकिन लागेको औषधीको कुनै विवरण नआएको बताएका छन् ।

यस्तै वडा ४ मा रहेको परसोहिया स्वास्थ्य चौकीमा पनि औषधी भण्डारण कक्षमा म्याद सकिएको औषधी राखेको अवस्था छ । ७ जना कर्मचारीलाई कामकाज तथा जनताको सेवालाई गाउँपालिकाले खटाए पनि कार्यालयमा ३ जना स्वास्थ्यकर्मी मात्रै उपस्थिति हुने गरेको पाइएको छ । खानेपानी समस्या बारे समाचार आएपछि गाउँपालिकाबाट अनुगमन भए पनि अहिलेसम्म खानेपानी व्यवस्थापन भएको छैन ।

स्वास्थ्य चौकी प्रमुख माधव अर्याल दिनहु विदामा, समयमा स्वास्थ्य चौकीमा नआउने उपस्थिति नहुने, आफ्नो इच्छा अनुसार कार्यालय आउने जाने गरेको पाइएको छ । उनले रित पुराई आफ्नै समय अनुकुल आउने जाने गरेका छन् । अर्यालको लापरवाहीको कारणले स्वास्थ्य चौकीमा समस्या उत्पन्न भई भएको भन्दै स्थानीय आक्रोसित समेत भएका छन् ।

यस्तै यशोधरा गाउँपालिका वडा ४ मा रहेको नागरिक आरोग्य सेवा केन्द्रको कार्यालयमा ताल्चा लगाइएको पाइएको छ । शौचालयमा ताल्चा लागेपछि खानेपानी छिमेकीको भरमा चलिरहेको छ । संघ संस्थाले उपलब्ध गराएको आधुनिक वासवेसिंग प्रयोगमा छैन । नागरिक आरोग्य सेवा केन्द्रका स्वास्थ्यक्रर्मी अञ्जु श्रीवास्तवले जनशक्ति र बजेट अभावको कारणले व्यवस्थापनमा समस्या भएको बताइन् ।

यसैगरी स्थानीय अनुसार परसोहिया स्वास्थ्य चौकी प्रमुख बिरलै स्वास्थ्य चौकी आउने आए पनि ढिला आउने र चाडै जाने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.