कृष्णनगर सिमानाकाः तस्करको लस्कर, मिलेमतोमा प्रहरीको धन्दा

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु
कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम पर्ने कृष्णनगर सिमानाकामा तस्करी मौलाउँदै गएको छ । सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको सेटिङमा नै तस्करी मौलाएको स्रोतले जनाएको छ ।

प्रहरीको मिलेमतोमा खुल्ला रुपमा अवैद्य चोरी निकासी बढिरहेको छ । भारतबाट कपडा, चीनी, सुर्ती, मटर (केराउ), मोटरपार्ट, हार्डवेयर, जुता चप्पलको तस्करी भइरहेको स्थानीयले बताएका छन् । कृष्णनगर बजारमा केही सप्लायर्सहरुले ठुलो मात्रामा कपडा, जुता चप्पल, सुर्ती, मोटरपार्ट तथा हार्डवेयरका सामानहरु तस्करी गर्ने गरेकोको खुलेको छ ।

स्रोतका अनुसार तस्करले देखावटीका लागि मात्र सानो मात्रामा सामान भन्सार गराउँछन् र बाँकी ठुला सामानलाई सेटिङमै नेपालमा ल्याउने गरेका छन् । ती सामानहरु पिकअप, अटो–रिक्सा तथा सार्वजनिक बसहरुमा राखि नेपालको दाङ्ग, घोराही, प्युठान, अर्घाखाची, बुटवल, पाल्पासम्म बजारहरुमा सप्लाई गरि रहेका छन् । तस्करले कृष्णनगर नगरपालिकाको पश्चिम दक्षिण लक्ष्मीनगर, सिर्सिहवा, ठाकुरापुर नाकाबाट र कृष्णानगरको पुर्व सेमरा, कुकुरभुकवा, बगही, भिल्मी नाकाहरुबाट तस्करी हुने गरेको छ ।

प्रत्येक नाकामा सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको चेकपोस्ट, प्रहरी चौकी तथा शादा पोशाक मोटरसाइकल गस्टी टोली हुँदा पनि तस्करी नियन्त्रण हुन सकेको छैन । तस्करीको साथसाथै सशस्त्र प्रहरी बल कृष्णनगर तथा नेपाल प्रहरी बल कृष्णनगर, बहादुरगञ्ज तथा चन्द्रौटाले चेकपोस्ट बनाई भारतीय मालवाहक गाडीहरुबाट प्रत्येक गाड़ीबाट १००÷२०० रुपियाँ अबैध असुली समेत गर्ने गरेका छन् । दिनहुँ यसरी अवैध रकम असुल्ने गरेको भारतीय मालवाहक गाडीका चालकहरुले बताउँछन् ।

चन्द्रौटासम्म ९ ओटा चेकपोष्ट ४ वटा नेपाल प्रहरी २ ओटा सशस्त्र प्रहरी बल र ३ ओटा ट्राफिक प्रहरी नेपालको चेकपोष्टहरुले भारतीय मालवाहक गाड़ीहरुबाट इन्ट्रीको नाममा रकम असुल्ने गरेका छन् । भारतको बढ़नी बजारबाट सरसमान किनमेल गरेर फर्केका सर्वसाधरणलाई चेकजाँचको नाममा प्रहरीले सास्ती दिएका छन् । ती व्यक्तिहरुबाट समेत अवैध पैशा असुल्ने गरेका छन् । लिंग गेट प्रहरी, भन्सार गेटमा सशस्त्र प्रहरी बल, गणेशपुर चोकमा रहेको ईप्रका कृष्णनगरका नेपाल प्रहरी चेकपोष्टले समेत अवैध रकम असुल्ने गरेको सर्वसाधारणले बताउँछन् ।

यता जिल्लाका उच्च अधिकारीहरुले त्यस्तो नहुनु पर्ने, खुल्ला सिमामा जनशक्तिको अभावले हुन सक्ने बताउँछन् । अवैध निकासी पैठारी नियन्त्रण गरि गरिरहेको भन्दै तस्करी तथा अवैध कारोबारी नियन्त्रणमा खटिरहेको दावी गर्छन । तराई क्षेत्रका खुल्ला सिमा नाकाहरुमा मौलाइएको तस्करीको कारणले तराई क्षेत्र नेपालमा रहेका ससाना उद्योग कल करखानाहरु घमाघम बन्द हुने अवस्थामा पुगे र कतिपय बन्द भइसकेका छन् । तस्करी नियन्त्रणका लागि खटेका प्रहरी नै आफु पैसा कमाउने प्रयासमा लागेका छन् । अवैध निकासी पैठारी प्रहरी आफै सक्रिय भएपछि नियन्त्रण असफल भएको छ । यसरी सरकारको राजश्वमा ह्राससमेत आएको छ ।

Leave A Reply

Your email address will not be published.