कृष्णनगरमा सुरक्षा ब्यवस्था कडा गर्दै ड्रोनबाट निगरानी

0
Quantam abroad studies

कपिलवस्तु , कार्तिक ७
जिल्लाकाे कृष्णनगर नगरपालिकामा शान्ति, सुरक्षा निगरानी राख्न प्रहरीले ड्राेन क्यामरा प्रयाेग गरिने भएको छ । कृष्णनगर नगरपालिकामा विगतमा मुर्ति बिसर्जनकाे क्रममा साम्प्रदायिक घटना घटेकाले शान्ति सुरक्षालाई कडा निगरानी राख्न ड्राेन क्यामराकाे प्रयाेेग गरिने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओेलीले जानकारी दिए । 

यस्तै साम्प्रदायिक घटना दोहोरिन नदिन कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहको नेतृत्वमा स्थानीय स्तरमा शान्ति सुव्यवस्था कायम गर्नका लागि ‘कार्यकारी सद्भाव समिति’ समेत गठन गरिएको छ। समितिका पदाधिकारीहरुले आज मुर्ति बिसर्जनकाे समयअवधीभर आफै खटिने जनाइएकाे छ ।  

sahani furniture udyog

दशैँको समयमा निकालिएको मुर्ति हेर्न भिडभाड हुने हुँदा स्थानीय प्रशासनले शान्ति सुरक्षा व्यवस्थापनका लागि आइतबारदेखि आज राति १२ बजेसम्म मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ। चाडबाडमा हुन सक्ने घटनालाई रोक्न एकीकृत सुरक्षा योजना अनुसार जिल्लाभर व्यापक रुपमा सुरक्षकर्मी परिचालन गरिएको छ । नागरिकको सुरक्षा र विभिन्न खाले घटनालाई रोक्न जिल्लामा विशेष सुरक्षा योजना सञ्चालन गरिएको छ । 

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.