
एस एम न्युज तौलिहवा , मंसिर १५
नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले स्थानीय सरकार शिक्षा , स्वास्थ्य , कृषिमा केन्द्रित हुन् जरुरी रहेको बताएका छन। राठौरले बिशेष गरि तराई मधेसको दक्षिणी भेगमा अझैपनि शिक्षा र स्वास्थ्यको अवस्था निकै नाजुक रहेको बताउदै स्थानीय सरकारले अरु भन्दा शिक्षा र स्वास्थ्यमा बढी जोड दिनुपर्ने बताए ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री राठौरले नेपालमा उत्पादन क्षेत्रमा स्थानीय , प्रदेश र संघ सरकारले भने जस्तो ध्यान दिन नसकेको बताएका थिए । उनले तिनै तहको सरकारले देशमा उत्पादन हुन् सक्ने चिजको बस्तुहरु उत्पादकत्व बढाउन सबैले ध्यान दिनु पर्नेमा जोड दिए । उनले नेपाल कृषि प्रधान देश भनिएता पनि अझैसम्म हामी कृषिमा आत्मनिर्भर हुन नसक्नु दु:खद रहेको समेत बताए ।
कार्यक्रममा आएको प्रश्नको जवाफ दिदै राठौरले सरकारको गठबन्धनमा केहि तलमाथि नहुने र जनताको मन्डेट अनुरुप सरकारले काम गर्ने समेत दाबी गरे । राठौरले देशमा सुशासन कायम हुन् नसके कुरा सुइकार्दै यसमा सबै मिलेर दृढ इच्छा शक्तिका साथ एक भएर लागेमात्र देशमा सुशासन स्थापन हुने देखिएको बताउनु भयो।

प्रेस युनियनका जिल्ला अध्यक्ष खग प्रसाद चापागाईँको अध्यक्षता र रमेश मिश्राको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा पार्टी लुम्बिनी प्रदेश सदस्य बिक्रम सिंह थापा, महासमिति सदस्य तेज बहादुर सिंह रायमाझी, महाधिवेशन प्रतिनिधि योगेन्द्र केसी, आशिष शर्मा, रावेन्द्र प्रताप सिंह, दिनेश हमाल, गोपी कृष्ण शर्मा, नगर सभापति खुर्सेद अहमद खाँ लगायत जिल्लाका सञ्चारकर्मीको सहभागीता रहेको थियो
