तालिममा सिकेका कुराहरु कक्षामा प्रयोग गर्न सकिएन भने तालिमको कुनै औचित्य हुँदैन – शिक्षा शाखा प्रमुख घिमिरे

प्रभुनाथ गुप्ता , कपिलवस्तु , मंसिर १५
क्रियाकलापमा आधारित शिक्षण सिकाइ पुनरताजगि तालिममा बोल्दै मायादेवी गाउँपालिका कपिलबस्तुका शिक्षा शाखा प्रमुख माधव घिमिरेले शिक्षा क्षेत्रमा पेशागत क्षमता बिकास, शैक्षिक साम्रगी निमार्ण ,शैक्षिक साम्रगीको क्षेत्रमा कक्षा कोठामा कसरी प्रयोग गर्ने, यसको दिगोपन र निरन्तारताका लागी चुनौती भए पनि सिकेका कुराहरु ब्यवहारमा प्रयोग गर्न आग्रह गरेका छन्।
उनले तालिममा सिकेका कुराहरु कक्षामा प्रयोग गर्न सकिएन भने तालिमको कुनै औचित्य नहुने बताए। उनले शैक्षिक तालिममा सबै बिषयलाई एकै ठाउँमा राखेर बिद्यार्थीहरुलाई कसरी सिकाउने, शैक्षिक सामग्री निमार्ण लगायत सिकेका कुराहरु बिद्यालको भित्तामा राख्न सके अति उपयोगी हुने समेत घिमिरेले बताए।
सनसाईन सामाजिक बिकास संस्थाको तर्फबाट तालिमको सहजीकरण संस्थाका वरिस्ट शिक्षा सहजकर्ता सुग्रिम यादव , भोरिक केवट , गिता कुमारी चौधरीले गरेका थिए । कार्यक्रममा सामुदायिक विद्यालय र मदरसाका कक्षा २ र ३ मा अध्यापन गराउने ४२ जना शिक्षकहरुको सहभागीता रहेको थियो।


यस कार्यक्रमको आयोजना सनसाईन सामाजिक बिकास संस्थाले युएमएनको सहयोग तथा मायादेवी गाउँपालिका कपिलवस्तुको समन्वयमा सम्पन्न भएको थियो । परिर्वतनका लागी बालबालिका युवा तथा समुदाय परियोजना कार्यक्रम सिवाइसिसि अन्तर्गत रहेर क्रियाकलापमा आधारित दुई दिने शिक्षण सिकाइ पुनरताजगी तालिमको आज समापन भएको छ ।
