
प्रभुनाथ गुप्त , रुपन्देहीको , मंसिर १६
जिल्लाको गैडहवा गाउँपालिका वडा नं. २ को वडा कार्यलयबाट आयोजना भएको प्रथम वडा हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगितामा जोगडा माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
प्रतियोगितामा गैडहवा गाउँपालिकाका २४ वटा विद्यालयहरु सहभागी रहेको थिए । सहभागी विद्यालयहरु मध्ये श्री बुद्ध अदर्श इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ भने श्री मोर्रल लाईफ इङलिस बोर्डिङ स्कुल दोस्रो स्थान र श्री जोगडा माध्यमिक विद्यालय तेस्रो स्थानमा रहेको छ।
त्यसैगरी यस कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास मन्त्री माननीय चन्द्रकेशा गुप्ताले कार्यक्रममा अभिभावकहरुको उपस्तिथि नभएकोले दुख व्यक्त गर्नु भएको छ । शिक्षाको विषयमा बोल्दै मन्त्री गुप्ताले प्रदेश सरकारको शिक्षामा ध्यान केन्द्रियत रहेको बताए। यस्ता कार्यक्रमहरु विद्यार्थीहरुको लागि अति आवस्यक रहेको समेत गुप्ताले बताए ।


यसैगरी कार्यक्रमको प्रशिक्षक सलीम खान , महेश सिंह यादव र बिशिस्ट अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल , बिशिस्ट अतिथि गैडहवा उपाध्यक्ष मधुरी जयसवाल , अतिथि गैडहवा गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष विजय शर्मा , यस कार्यक्रमको अध्यक्ष र वडा नं.२ का वडा अध्यक्ष सराजुदिन धुनिया , वडा सदस्यहरु , समाजसेवी र शिक्षक लगायत मन्तव्य दिएका थिए ।
