कपिलवस्तु नगरपालिकाको अल्टिमेटम स्टन्टमै सिमित महिनौं बित्दा शुन्य काम

0
Quantam abroad studies

एस एम न्युज तौलिहवा
कपिलवस्तु नगरपालिकामा अवस्थित तौलिहवा बजार अव्यवस्थित हुँदै गएको छ । तौलिहवाको बाटोको फुटपाथ , नाली संगै बाटो नै अतिक्रमण भएको छ ।

गत बर्ष माघ १९ गते कपिलवस्तु नगरपालिकाले नगरबासीमा एक सूचना जारी गर्दै बाटो अतिक्रमण गर्नेलाइ सात दिनभित्र सो कार्य बन्द गर्न अल्टिमेटम दिएका थियो । बाटोमा पसल थाप्ने , निर्माण समाग्री थन्काउने लगायत कार्यले बाटो वा फुटपाथ अतिक्रम गर्नेलाइ सात दिन भित्र त्यसता कार्य कार्य गरेको भए हटाउन अल्टिमेटम दिइएको थियो भने सूचनालाइ अटेर गरे आवश्यक कारबाही समेत गर्ने बताइएको थिए ।

यस्तै गत बर्ष फाल्गुन एक गते मेयर सुदिप पौडेल , प्रमुख प्रशासकीय अधिकृत , ट्राफिक प्रहरी लगायत कर्मचारीको टोलिले बाटो र फुटपाथ अतिक्रमण गरि पसल गर्ने , निर्माण समाग्री थन्काउनेलाइ अतिक्रम हटाउन निर्देशन दिएको थियो । तर अहिलेको अवस्थामा तौलिहवा बजार लगायत नगरपालिका क्षेत्रमा बाटो र फुटपाथ अतिक्रमणको क्रमम बढदो छ । जनप्रतिनिधि र कर्मचारी सबैको नजरमा सो अतिक्रमण परेता पनि सबै मौन छन् ।

sahani furniture udyog

तौलिहवा बजार क्षेत्रमा ब्यापक बाटो अतिक्रमण हुँदा समेत पालिका मौन छ । पालिका जनप्रतिनिधिले बाटो अतिक्रमण गर्नेलाइ कारबाही नगर्नु पछाडी भोट बैंकको राजनीति रहेको स्रोतको दाबी छ ।

यसैगरी तौलिहवा बजार क्षेत्रमा बाटो र फुटपाथ अतिक्रम गर्नेमा ठुला नाम चलेका प्रतिष्ठित ब्यापार नै रहेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.