४ केजी बढी चरेस सहित महिला पक्राउ

0
Quantam abroad studies

एस एम न्युज , कपिलवस्तु
जिल्लाको कृष्णनगर नगरपालिकामा चरेस सहित एक महिला पक्राउ परेकी छन् । कृष्णनगरबाट ४ के.जी. ६४६ ग्राम चरेस सहित प्युठान गौमुखी गाउँपालिका वडा नं.३ बस्ने बर्ष ३८ वर्षिय बासु घर्ती मगर शनिवार प्रकाउ परेकी हुन ।

रुकुम पुर्बबाट भारत तर्फ चरेस लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका इन्सपेक्टर लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले शंकास्पद अबस्थामा भारत तर्फ जादै गर्दा कृष्णनगर बजार क्षैत्रबाट ति-महिलालाई प्रकाउ गरेको छ । उनले बोकेको झोला खानतलासी गर्दा प्लाष्टिकमा पोको पारी राखेको ९ पोका चरेश बरामद गरिएको हो ।

sahani furniture udyog

उनलाई हिरासतमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ । कृष्णनगरमा गत बिहिवार समेत एक युवा चरेस सहित पक्राउ परेका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.