कृष्णनगरमा जीवनशैली प्रवर्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

प्रतिमा विश्वकर्मा , फाल्गुन ४
स्वास्थ्यकर जीवनशैली प्रवर्धनमा गृहणीहरुकालागि भान्सा सुधार कार्यक्रम आज कृष्णनगर नगरपालिकाको वार्ड नं. ६,भिल्मीमा सम्पन्न भएको छ ।

आरोग्य सेवा केंद्र कृष्णनगरको समन्यवमा सो कार्यक्रमको आयोजना कपिलवस्तु आयुर्वेद स्वास्थ्य केंद्र कपिलवस्तु तौलिहवाले गरेको हो ।कृष्णनगर नगरपालिका वार्ड नं ६ को वड़ा अध्यक्ष जाबेद आलम खां को अध्यक्षता ,लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. प्रबेश श्रीवास्तवको प्रमुख अतिथिता ,डा.सलिन नाथ तिवारीको बिशिष्ट अतिथिता , कृष्णनगर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत शंकर भटराई, कृष्णनगरका जन स्वाथ्य अधिकृत नन्द गोपाल शर्मा लगायतको अतिथिता रहेको थियो ।

sahani furniture udyog

स्वास्थ्यकर जीवनशैली प्रवर्धनमा गृहणीहरुले आफ्नो भान्सामा के कसरी सुधार ल्याउने उद्देश्यका साथ आयुर्वेद चिकित्सक डा.आशिष कुमार चौधरी ,आरोग्य सेवा केंद्र कृष्णनगरका डा. नागेश्वर प्रसाद मिश्र र हरिलाल फुल्लेल खनाल ले प्रशिक्षण गर्नु भएको छ । सो कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेबिका,आमा समूह,शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.